एनआइसी एशियाबाट दुईजना क्यान्सर पीडितले लिए ३० लाख घातक रोग बीमा दावी रकम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइसी एशियाबाट दुईजना क्यान्सर पीडितले लिए ३० लाख घातक रोग बीमा दावी रकम

काठमाडौं– एन आई सी एशिया बैंकले ल्याएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बैंकका दुई जना ग्राहकहरूलाई १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख बीमा रकम भुक्तानी गरेको छ । 

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्ने नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो । 

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ ।

Read More
  • MBL - below news