वित्तीय साक्षरता भन्नाले मुलुकको वित्तीय व्यवस्था, वितिय प्रणाली बैंक तथा वित्तीय सस्थां, वित्तीय कारोबारका उपकरण र तिनीहरुको प्रयोग गर्ने शैली बचत तथा कर्जा लगानी सम्बन्धि कार्यमा वित्तीय सस्ंथाहरुको व्यवस्था तथा उपायबारेका विस्तृत जानकारी लिनु वा दिनु हो । वित्तीय साक्षरताले मात्र आधुनिक बैकिङ तथा आधुनिक बैङिक व्यवस्था र वित्तीय समस्याहरुको समाधानको बाटो रोज्न सक्दछ । भन्ने कुरामा दुईमत नहोला । वित्तीय साक्षरता मार्फत नै वितिय सस्थाहरुको सेवा सुविधा बैङिक प्रविधिका उपकरणहरुको प्रयोग गर्ने तरिका र त्यसबाट हुने लाभ बारेमा जनसमुदायमा ठुलो शिक्षा दिने गर्छ । वित्तीय साक्षरतामार्फत नै समुदायमा पैसाको महत्व, त्यसको सदुपयोग तथा बचत गर्ने बानी तथा तरिका जस्ता ब्यवहारीक शिक्षा प्रदान गरि उद्यमशिता गराउने कार्यमा सहयोग गर्छ । हरेक व्यक्तिमा भएको सिमित श्रोत साधन तथा सिपलाई परिचालन गरि स—सानो पुँजि निर्माण गर्न ति श्रोत र साधनको सहि सदुपयोग गरि खेर गएको पुँजिबाट आयमुलक क्षेत्रमा लगानी गरि स—सानो पुँजी परिचालन हुन सक्दछ । सम्रग देशको आर्थिक उन्नतीको लागी व्यक्ती— व्यक्ती, परिवार— परिवार, समुदाय तथा क्षेत्र हुँदै सिङगो राष्ट्रलाई वित्तीय साक्षरता मय बनाउन सकिन्छ । अझै पनि परम्परागत आर्थिक कारोबार जस्तैः— साहुमहाजन बाट चर्का ब्याजदरमा कर्जा लिने, विनिमयका लागीे परमपरागत विनिमय माध्यम जस्ता परम्परागत आर्थिक गतिविधि तथा क्रियाकलापले देशलाई वित्तीय साक्षरतमा प्रवाभ पारेको देखिन्छ । त्यसको लागी वित्तीय पहुंच र त्यसमा वित्तीय संस्थाहरुले दिने प्रवाभकारी सेवाले मात्र त्यसको निवारण गर्न सकिएला । अन्यथा परम्परागत शैली परिर्वतनगर्न अर्का चुनौतिहुनेछ । आर्थिक समृद्धि तिव्र दरमा हासिल गर्न र पुर्वतयारीको लागी वित्तीय साक्षरता अपरिहार्य देखिन्छ ।
नेपाल एक बिकासोन्मुख राष्ट्र हो यहाँको वित्तीय साक्षरता सँगै वित्तीय पहुंचको अवस्थाले पनि वित्तीय साक्षरतामा प्रभाव पारेको छ । समुदायतथा क्षेत्रमा वित्तीय साक्षरता बढाउन वितिय पहुंचले पनि ठुलो भुमिकाखेल्दछ । नेपालको वित्तीय पहुँच र वित्तीय साक्षरताको अवस्था हेर्नै हो भने करिब सबै स्थानिय स्तरमा निजि तथा सरकारी गरी बैक तथा वित्तीय संस्थाहरुको आगमन भैसकेपनि वित्तीय साक्षरता भने निकै कम देखिन्छ । विश्व बैंकको आकडा अनुसार विश्वमा १३ प्रतिशत देखि ७१ प्रतिशत सम्म वित्तीय साक्षरता रहेको अनुमान छ । विश्वको सबै भन्दा कम वित्तीय साक्षरतामा यमन छ भने स्विडेन डेनमार्क नर्वे जस्ता देशहरु धेरै वित्तीय साक्षरता हुने देशहरुमा पर्दछन् । नेपाल भने विश्व बैकको आकडा अनुसार निकै कमजोर नै देखिन्छ । नेपालमा करिब १९ प्रतिशत वित्तीय साक्षरता रहेको अनुमान छ । हुन त विश्वका शत्तिशाली र विश्वको अर्थतन्त्रको दाजोमा ठुलो हिस्सा ओगटेका राष्ट्रहरु पनि वित्तीय साक्षरताको अवस्था २४ देखि ३० प्रतिशत रहेको देखिन्छ । भने विश्वकै शत्तिशालि राष्ट्र अमेरीकामावितिय साक्षरताको अवस्थाकरिब ५८ रहेको छ ।विश्वकै धेरै मुलुकहरुमावितियपहुचको अवस्थाहालतिव्ररुपमाविस्तार भएको पाईन्छ । वितिय पहुंचमा नेपालको अवस्था हेर्ने हो भने नेपालमा करिव ६० प्रतिशत जनसमुदायमा वित्तीय पहँुच रहेको राष्ट्र बैंकको तथ्याङमा रहेको पाईन्छ । तर पनि वित्तीय अवस्था, वित्तीय पहुँच र वित्तीय साक्षरतालाई हेर्दा नेपाल जस्तो राष्ट्रमा यो अवस्था अति नाजुक नै हो ।








