नबिल बैंकका शाखाहरुले पाए घरभाडा छुट, खर्च बढ्ने काम नगर्न निर्देशन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकका शाखाहरुले पाए घरभाडा छुट, खर्च बढ्ने काम नगर्न निर्देशन

नबिल बैंकका सुदुरपश्चिम शाखाहरुले लकडाउनको अवधिमा तीन महिनासम्मको घरभाडा छुट पाएका छन्। संचालक समितिले व्यवस्थापनलाई खर्च कटौती गर्न तिब्र दबाब दिएपछि बैकका सीईओ अनिल केशरी शाहले दिएको निर्देशन अनुसार शाखा प्रबन्धकले गरेको आग्रहमा त्यहाँका घरबेटीले बैंकलाई भाडाछुट दिएका हुन्। 

सुदुरपश्चिमका ५ वटा शाखाले तीन महिनाको लागि ४० देखि ५० प्रतिशतसम्म घरभाडा छुट पाएको स्रोतको भनाई छ। ५ वटा शाखाले भाडा छुट पाएपछि  सुदूरपश्चिमका अन्य शाखामा पनि भाडा छुट गराउन दबाब परेको छ। सुदुरपश्चिममा नबिल बैंकका १२ वटा शाखा संचालनमा छन्। 

५ शाखाले घरभाडा छुट पाउने भएपछि आफुहरुलिई पनि भाडा छुटको लागि पहल गर्न धेरै दबाब आई रहेको  सुदुरपश्चिमका एक शाखा प्रमुखले बिजपाटीलाई बताए। त्यस्तै बैंकले घरभाडा छुट माग्न शाखा प्रमुखलाई लिखित निर्देशन दिएयता प्रदेश ३ र  २ को शाखाले पनि ४० प्रतिशतसम्म भाडा छुट गराएका छन्।  

ग्रामिण भेगका सोझा साझा घरबेटीलाई प्रभावमा पारेर उनीहरुले घरभाडा छुट गराउन सफल भएपनि शहरका शाखामा यो अवस्था नरहेको बैक स्रोतको दाबि छ।

गाउँका शाखाले मासिक २० हजारको रुपमा घरभाडा छुट गराएपनि शहरको सन्दर्भमा फरक अवस्था रहेको ति शाखा प्रमुखले बताए।गाउँमा शाखाको महिनाको २०-४० हजार भएपनि शहरमा ३-४ लाख हुन्छ, बैकको निर्देशन देखाएर घर भाडा छुट माग्दा घरबेटीले आफ्नो ऋणमा बैक छुट दिनुपर्ने सर्त अगाडी सार्ने गरेको उनको भोगाई छ। 

अन्य बैंक वित्तीय संस्थाले खर्च कटौती गर्न खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएपनि नाफा तथा अन्य सूचकमा समेत अग्रणी अवस्था रहेको नबिल बैंकले शाखाहरुको भाडा छुट लिन निर्देशन जारि गरेको छ।  

Read More