५ वर्ष अघिको लाभांश लिन सगरमाथा इन्स्योरेन्सले गर्‍यो लगानीकर्तालाई अनुरोध


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
५ वर्ष अघिको लाभांश लिन सगरमाथा इन्स्योरेन्सले गर्‍यो लगानीकर्तालाई अनुरोध

असार १०, काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०६९÷०७० को लाभांश लिन बाँकी रहेका सदस्यहरुलाई बुभिलिन अनुरोध गरेको छ । 

लाभांश वितरण गर्ने निर्णय भएको पाँच वर्षसम्म लगानीकर्ताहरुले नबुझे लगानीकर्ता संरक्षण कोषमा पठाउनुपर्ने भएकाले यथाशिघ्र आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले भनेको हो ।

विभिन्न आर्थिक वर्षकोे लाभांश लिन बाँकी सदस्यहरुको विवरण कम्पनीको वेबसाइटमा राखिएको समेत कम्पनीले सूचना मार्फत जानकारी गराएको छ ।

उक्त कम्पनीले आव २०६९/ ०७० मा २० प्रतिशत बोनस शेयर र २२ दशमलव १ प्रतिशत नगद लाभांश दिएको थियो ।

शेयरधनीहरुलाई निरन्तर आकर्षक लाभांश दिदैं आएको उक्त कम्पनीले गत आर्थिक वर्ष २०७४/ ७५ को नाफाबाट ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यो लाभांश कम्पनीको हालसम्मकै उत्कृष्ट लाभांश पनि हो । 

उक्त कम्पनीले बीमा समितिले तोके बमोजिम रू. १ अर्ब चुक्तापूँजी कायम गर्न बोनस शेयरको सहारा लिएको हो । 

Read More
  • MBL - below news