एनआइसी एशिया लघुवित्तले असारमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआइसी एशिया लघुवित्तले असारमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ महामारीका कारण ऋणीहरूलाई परेको प्रभावको मूल्यांकन गर्दै असार महिनाका लागि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । 

संस्थाले नेपाल राष्ट्र बैंकद्वारा गत वैशाख १६ गते कोभिड–१९बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न निर्देशन जारी गरेको थियो । संस्थाले तत्काल पूर्ण कार्यान्वयन गर्दै सोको अलावा ऋणीहरूले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको र उक्त योजना अत्यन्त लोकप्रिय भएको थियो ।

वित्तीय संस्थाले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने संस्थाले जनाएको छ ।

Read More