सामाजिक सञ्जालमा विज्ञापन भुक्तानी नियमन : ५ महिनामा पनि बनेन कार्यविधि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सामाजिक सञ्जालमा विज्ञापन भुक्तानी नियमन : ५ महिनामा पनि बनेन कार्यविधि

व्यवस्थित ‘पेमेन्ट गेटवे’ नभएकाले प्राय: विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गरिरहेका छन्

काठमाडौँ — फेसबुक र युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी अनौपचारिक माध्यमबाट गरे कारबाहीको चेतावनी दिएको राष्ट्र बैंकले पाँच महिनासम्म पनि नियमन कार्यविधि बनाउन सकेको छैन । कार्यविधि नहुँदा एकातिर ती कारोबार नियमनको दायरामा आउन सकेका छैनन् भने अर्कोतिर अनौपचारिक रूपमै कारोबार भइरहेको छ ।

भुक्तानी औपचारिक प्रणालीमार्फत गर्न तयार भए पनि विधि र प्रक्रिया स्पष्ट नपारिदिँदा अन्योल भएको सरोकारवालाको गुनासो छ । ‘औपचारिक माध्यमबाट भुक्तानी गर्ने विधि र प्रक्रिया नहुँदा अन्योल भएको छ,’ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का पूर्वअध्यक्ष विनोद ढकालले भने, ‘राष्ट्र बैंकले रोकेको भने पनि अहिले चोरी बाटोबाटै पैसा गइरहेको छ ।’

कार्यविधि नबनेकै कारण अनौपचारिक माध्यमबाट हुने कारोबार नरोकिएको उनले बताए । ढकालका अनुसार लकडाउनमा यस्तो कारोबार झनै बढेको छ । ‘लकडाउनले जुमलगायत धेरै सामाजिक सञ्जाल प्रयोग भएका छन्,’ उनले थपे, ‘तिनको भुक्तानी पनि अनौपचारिक माध्ययबाटै भएको हो ।’ कार्यविधि बनाएर त्यस्ता कारोबार औपचारिक प्रणालीमा ल्याएर नियमन गर्न आफूहरुले पटकपटक आग्रह गर्दा पनि कार्यविधि नबन्दा हुन नसकेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा विज्ञापन गर्ने एक/दुई कम्पनीले अनुमति लिई कानुनबमोजिम कर तिरेर विज्ञानबापतको भुक्तानी गरे पनि कार्यविधि बनी नसकेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्रले बताए । ‘कार्यविधि निर्माणका लागि छलफल भइरहेको थियो । त्यहीबीचमा लकडाउन भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन,’ उनले भने, ‘लकडाउनको समयमा सरोकारवालाहरूसँग छलफल पनि हुन सकेन, यसकारण कार्यविधि बनाउन समय लाग्यो ।’

कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थिति कायमै रहेकाले सम्भवत: आगामी मौद्रिक नीतिपछि मात्र कार्यविधिले अन्तिम रूप पाउने उनले बताए । ‘सामाजिक सञ्जालमा विज्ञापनबापतको रकम औपचारिक रूपमा भुक्तानी गर्न चाहनेले अहिले पनि पाउँछन्,’ उनले भने, ‘त्यस्ता भुक्तानी कारोबारलाई नियमन कसरी गर्ने, विधि तथा प्रक्रिया के हुनेलगायत कुरा कार्यविधिमा आउने हुन् ।’...

Read More