‘चाकडी गरेर माथि जान्छु भन्ने समूह नबिलमा टिक्दैनन्’


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘चाकडी गरेर माथि जान्छु भन्ने समूह नबिलमा टिक्दैनन्’

३० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत अनिलकेशरी शाह अहिले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । तत्कालिन ग्रिनल्याण्ड बैंक (स्ट्याण्डर्ड चार्टर्ड) बाट बैकिङ करियर शुरु गरेका शाहलाई बैंकर भने नबिल बैंकले बनाएको हो । फोटोग्राफरमा शौकिन भिरकोटे राजाका पनाति शाह अहिले सबैले रुचाइएका सेलिब्रेटी पात्र हुन् । स्ट्याण्डर्ड चार्टर्ड हुँदै नबिल, मेगा र फेरि नबिल बैंकको जिम्मेवारी सम्हालेका शाहसँग गरिएको बैकिङ क्षेत्रको वर्तमान अवस्था र बैंकिङ क्षेत्रले लिने अबको कार्यदिशाका बारेमा शाहसँग गरिएको आर्थिक बहसको सारः


कोभिड १९ को असर सकिएको छैन यो अवस्थामा नेपालको बैंकिङ क्षेत्र कसरी गुजर्रिरहेको छ ?

मैले पहिलादेखि नै भनिरहेको छु, वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो । जसरी हाम्रो मुटुले हाम्रा अंग अंगमा रगत पुर्याउँछ । त्यसरी नै वित्तीय क्षेत्रले अर्थतन्त्रको हरेक अंगमा पुँजी पुर्याउने काम गर्छ । कोभिडका कारण हरेक क्षेत्रमा कस्तो असर पुगेको छ, हामीले देखिरहेका छौं । पर्यटन, फर्मास्युटिकल उद्योगहरूमा परेको असर हामी सबैले हेरिरहेका छौं । 

त्यसैले म के भन्छु भने पैसा राख्ने सबैभन्दा सुरक्षित स्थान भनेको बैंक नै हो । नेपालके पहिलो निजी क्षेत्रको नबिल बैंकले विगत तीन दशकदेखि आम नगारिकको विश्वास कमाएको छ । यो विश्वास बैंकले कमाएको होइन नबिलियनहरूले कमाएका हुन ।

कोभिडको केहि दिन मानिसहरूले बैंकबाट अलि बढी पैसा निकाले । के हुन्छ हुन्छ खानलाई पैसा त चाहियो भनेर रकम निकालेका हुन् । तर, विस्तारै आम मानिसमा बैंक प्रतिको विश्वास बढिरहेको अनुमान लगाउँन सकिन्छ । करिब ८० दिनको लकडाउनमा पनि बैंकहरू बन्द भएको छैनन् । एटीएम खुला छ बैंकका शाखाहरू खुला छन् । यसले गर्दा फेरि बैंकमा धमाधम पैसा आउन थालेको छ । 

अहिले डिपोजिट बढेको बढै छ । नबिल बैंकमा डिपोजिट आइरहेका कारणले सीसीडी रेसियो ७२ को हाराहारीमा पुगेको छ । म ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिरहेका मान्छे खुशी छु । बैंकिङ क्षेत्रमा म नाफा कमाउ भनेर मात्र आएको होइन । म यस क्षेत्रबाट केहि गरौं भनेर खटिरहेको छु । यो क्षेत्रमा हामीले अरु केही गर्न सकियो कि सकिएन थाहा छैन, तर विश्वास चाहिँ कमाएका रहेछौं ।

अहिले डिपोजिट बढेको बढै छ । नबिल बैंकमा डिपोजिट आइरहेका कारणले सीसीडी रेसियो ७२ को हाराहारीमा पुगेको छ । म ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिरहेका मान्छे खुशी छु । बैंकिङ क्षेत्रमा म नाफा कमाउ भनेर मात्र आएको होइन । म यस क्षेत्रबाट केहि गरौं भनेर खटिरहेको छु । यो क्षेत्रमा हामीले अरु केही गर्न सकियो कि सकिएन थाहा छैन, तर विश्वास चाहिँ कमाएका रहेछौं । ...

Read More