ग्लोबल आइएमई बैंकले ल्याएको भीआरएस को अवधिको म्याद थप गरेको छ। थप सुविधा लिएर कामबाट बिदा हुने नहुने भन्नेबारे निर्णय लिन सहज होस् भन्ने उदेश्यले भिआरएसको अवधि थप गरिएको बैकले जनाएको छ।
बैंकबाट बिदा लिनको लागि निर्णय लिन सजिलो होस् भन्ने उदेश्यले एक साताको लागि भिआरएसको अवधि थप गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले बताए। उनकाअनुसार यहि असार १० गतेसम्मलाई अवधि थप गरिएको छ।
धेरै बैंक वित्तीय संस्थालाई प्राप्ति तथा मर्जर गरेको ग्लोबल आइएमई बैंकले बढी भएका कर्मचारी व्यवस्थापन गर्नका लागि देशभर थप शाखा संजाल बिस्तार गर्ने रणनीति लिएको थियो। तर कोरोनाका कारण शाखा थप गर्ने योजना तत्काललाई स्थगित भएपछि कर्मचारी व्यवस्थापनका लागि एसिस्टेन्ट म्यानेजर माथिका कर्मचारीको लागि १४ महिनाको थप तलब दिएर बिदाइ गर्ने योजना ल्याएको हो।
बैंकले एसिस्टेन्ट म्यानेजर माथिका १२८ कर्मचारी मध्ये करिब ४० जनाले यो सुविधा लिएर जाने अपेक्षा गरेपनि त्यहि अनुसार आबेदन नपरेकाले म्याद थप गरिएको आशंका गरिएको छ। यद्दपी बैंकका सीईओ क्षेत्रीले यत्तिका लामो समय कामगरेपछि कामबाट बिदा हुने नहुने निर्णय लिनलाई सहज होस् भन्ने उदेश्यले अवधि थप गरिएको बताएका छन्। 'निर्णय लिन सहज होस् भन्ने उदेश्यले मात्र अवधि थप गरिएको हो, अरु कुनै कारण छैन' उनले भने।
...







