बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्ति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्ति

काठमाडौं- नेपाल राष्ट्र बैंकको 'गेट–वे' बाइपास गरेर नेपाली अर्थतन्त्रलाई नै धराशायी बनाउने अवैध बिटक्वाइनको पूर्ण अनुसन्धान नै नगरी अधुरो मुद्दा दर्ता गरिएको पुष्टि भएको छ। नेपाल लाइभलाई प्राप्त डकुमेन्टअनुसार बिटक्वाइनबापतको रकमको कारोबारमा प्रत्यक्ष संलग्न देखिएको कम्पनीलाई उन्मुक्ति दिएर बिटक्वाइनको अवैध कारोबारसम्बन्धी मुद्दा दायर गरिएको पाइएको हो। पक्राउ परेका आरोपीले बिटक्वाइनको कारोबारमा ई-सेवाको संलग्नता खुलाएका थिए। तर अनुसन्धानमा उसले उन्मुक्ति पाएको देखिएको हो।

अभौतिक मुद्रा बिटक्वाइनको कारोबार भौतिक कारोबार हुँदैन। यसरी अभौतिक रूपमा कारोबार हुने थुप्रै प्रकारका मुद्रा विश्वबजारमा प्रचलनमा छन्। ग्राभिटीक्वाइन पनि बिटक्वाइनजस्तै अभौतिक मुद्रा हो। कतिपय देशले यस्ता मुद्रालाई कानुनी वैधता दिएका छन् भने कतिपयले कानुनी मान्यता दिएका छैनन्। नेपालले पनि बिटक्वाइनलगायत कुनै पनि अभौतिक मुद्रालाई कानुनी मान्यता दिएको छैन भने यस्ता मुद्राको कारोबार गर्नु गैरकानुनी मानिने भनेर राष्ट्र बैंकले स्पष्ट पारिसकेको छ। तर नेपालमा लुकीछिपी यसको कारोबार हुने गरेको पाइएको थियो। यसमा विभिन्न व्यक्ति तथा कम्पनीहरू संगठित रूपमा लागेको प्रहरीले उजागर गरेको थियो।

नेपालमा बिटक्वाइन अवैध रहेको भन्ने राष्ट्र बैंकको सूचना प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अपरेसन गरेर ठूलो मात्रामा उपकरणसहित केही व्यक्ति पक्राउ गरेको थियो। तर तीमध्ये केहीलाई उन्मुक्ति दिएको र केही व्यक्तिमाथि सम्बन्धित निकायले अनुसन्धान नै नगरेको खुलेको छ।

सिआइबीको अपरेसनमा पक्राउ परेकाहरुले बिटक्वाइन कारोबारमार्फतको रकम ई-सेवामार्फत लेनदेन गर्ने गरेको बयान दिएका थिए। पक्राउ परेकामध्ये ज्ञानप्रसाद पौडल बिटक्वाइन कारोबारका मुख्य नाइके मध्ये एक हुन्। उनले नेपालमा रहेका विभिन्न व्यक्तिहरुलाई बिटक्वाइनको बारेमा जानकारी गराउने र बिटक्वाइन खरिद गराउन लगाउने गरेका थिए।

पौडेलले बिटक्वाइन खरिद बिक्री गरेर ८ लाख रुपैयाँ आम्दानीसमेत गरेको बयानमा उल्लेख छ। उनले माधव खनाल, बिन्दा ढकाल, मिङमार लामा, प्रशान्त प्रताप शाहलगायतलाई समेत बिटक्वाइन बारेको प्रशिक्षण दिएका थिए। सो क्रममा उनले यसको कारोबार गर्ने तरिकाका बारेमा जानकारी दिँदै ई-सेवामार्फत कारोबार हुने प्रष्ट्याएका थिए। यसबारे प्रतिवादी माधव खनालले बयानमा भनेका छन्, ‘ज्ञानप्रसाद पौडेलले बिटक्वाइन किनेमा ई-सेवाबाट बैंकमा आफ्नो खातामा रकम पठाउन र डलर कार्ड बनाइसकेपछि स्वेदशी तथा विदेशी पैसा निकाल्न सकिने भनेर प्रमाणित नै गरेका देखाएका थिए।’ ...

Read More