बैँक म्यानेजर कोरोना संक्रमित भएपछि १० दिनअघिदेखि बन्द गरिएको राष्ट्रिय बाणिज्य बैँक तौलिहवा शाखा अझैसम्म नखुल्दा ग्राहकहरु मर्कामा परेका छन् । गत जेठ २५ गते बैक म्यानेजरमा कोरोना पुष्टी भएको थियो । सोही कारणले बाणिज्य बैँकको प्रदेश कार्यालय नेपालगंजले सूचना जारी गरी बैँक अनिश्तिकालका लागि बन्द गरेको थियो । चालु आर्थिक वर्षको अन्तिम महिनामा यसरी १० दिन बढीदेखि बैक बन्द गरिदा सरकारी, गैर सरकारी, ब्यापारी, सर्वसाधारण मर्कामा परेका छन् । सदरमुकाम तौलिहवामा रहेको सरकारी कार्यालयहरुको खाता यही बैकमा छन् ।
यस्तै, उपभोक्ता समिति, बिभिन्न संघ संस्थाको खाता समेत यही बैँकमा छ । असार महिना धान रोप्ने सिजन हो । कृषकलाई यो सयममा बिउ, मल, सिँचाइ, जोताई, मजदुरका लागि रकम चाहिने गर्छ । जिल्लाको सबै भन्दा बढी ग्राहक रहेको सदरमुकाम तौलिहवामा रहेको बाणिज्य बैँक लामो सयमदेखि बन्द गरिदा कृषकहरु झन मर्कामा परको किसान संघका जिल्ला अध्यक्ष चुर्तुभुजमणि त्रिपाठीले बताए । ‘म्यानेजरलाई कोरोना लागेकै कारण असारको बेला यसरी १० दिन बढीदेखि बैक बन्द गर्नु राम्रो कुरा होईन ’ उनले भने । उनले सरोकारवाला निकायले चाडै बैँक खोल्ने प्र्रबन्ध मिलाउनु पर्ने माग गरे । बैकमा रकम झिक्न आउने ग्राहकहरु दिनहुँ निराश बनेर फर्कने गरेका छन् । ...





