निर्मल काजी श्रेष्ठ, उपाध्यक्ष तथा महाप्रबन्धक, मेट लाइफ नेपाल
कोरोना भाइरस, कोभिड–१९ महामारी हाम्रो समयको विश्वव्यापी स्वास्थ्य संकट र आजको विश्वको सबैभन्दा ठूलो चुनौती हो । सम्पूर्ण विश्व लकडाउनको गम्भिर अवस्थाको सामना गर्दैछ । तथापि केही क्षेत्रहरूले यो प्रतिकूल समयमा समेत आफ्नो सेवालाई सञ्चालनमा राखिरहे, जसमध्ये एक हो, बीमा क्षेत्र ।
यसरी सेवालाई अक्षुण राख्ने बीमा कम्पनी मध्ये एक मेट लाइफ नेपालका उपाध्यक्ष तथा महाप्रवन्धक, निर्मलकाजी श्रेष्ठलाई आर्थिकन्यूज डटकमले समसामयिक अवस्था र मेट लाइफले पुर्याएको सेवाबारे जवाफमा उनले स्पष्ट भाषामा महत्वपूर्ण जानकारीका साथै र सम्पूर्ण बीमा क्षेत्रको वर्तमान स्थितिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्ः
लकडाउनको अवधिमा बीमा कम्पनीहरूले आफ्ना दैनिक गतिविधिहरू कसरी व्यवस्थापन गरिरहेका छन् ?
यो लकडाउनको अवधिमा सबै कम्पनीहरूले विपद् कार्यालय सञ्चालनको लागि ठूलो प्रशिक्षण आवश्यक रहेको अनुभव गरेका छन् । सबै कम्पनीहरूले आफ्नो कामको निरन्तरताका लागि सक्दो प्रयास गरिरहेका छन् । यो सबैका लागि नयाँ आयामहरूको अन्वेषण गर्ने अवसर भएको छ । मेटलाइफको आधारभूत दर्शन आफ्ना ग्राहकहरू, हाम्रा कर्मचारी र हाम्रो समुदायहरूलाई पूर्ण रूपमा रक्षा गर्नु हो । त्यसैले हामीले यस चुनौतीपूर्ण समयमा पनि डिजिटल माध्यमबाट हाम्रा ग्राहकहरूलाई शत प्रतिशत सेवा जारी राख्यौँ ।
हामीले हाम्रा ग्राहकहरूलाई सजिलो बनाउन धेरै सक्रिय कदमहरू चालेका छौँ । हामीले अनलाइन प्रिमियम भुक्तानीको सुविधामा थप सुधार गरेका छौँ । ग्राहकहरूले भुक्तानी च्यानलहरू ई–सेवा र फोनपे मार्फत उनीहरूको प्रिमियम भुक्तान गर्न सक्दछन् । हामीले यस अवधिमा प्रिमियममा ढिला हुँदा शुल्क लिइरहेका छैनौँ । हामी लगातार एफएम रेडियो, फेसबुक, र हाम्रा सबै ग्राहकहरू र साझेदारहरूलाई इमेल मार्फत आवश्यक स्वास्थ्य जानकारी प्रदान गर्दैछौं । समग्रमा, म हाम्रा कर्मचारीको त्यो प्रयासहरूप्रति गर्व गर्दछु जसले ग्राहकहरूको सेवामा यो बेला पनि कार्य सम्पादन गरिरहे ।
जीवन बीमा कम्पनीको कुन क्षेत्र वा कार्यहरूलाई लकडाउनले सबैभन्दा बढी असर गर्यो ? ...




