लकडाउनयता ४२ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँको विद्युतीय कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लकडाउनयता ४२ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँको विद्युतीय कारोबार

काठमाडौं । कोभिड–१९ का कारण भएको लकडाउनले विद्युतीय कारोबारलाई उल्लेख्य रुपमा बढाएको छ । लकडाउनको समयमा विद्युतीय भुक्तानी प्रणालीमार्फत ४२ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँको ३१ लाख रुपैयाँको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत ११ गतेदेखि वैशाख र जेठ महिनामा भएको ३ करोड ७८ लाख १२ हजार ९ सय ९५ कारोबारबाट सो रकमको कारोबार भएको हो । 

एटीएम, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ–कमर्स, पिओएस, क्युआर कोड र वालेट विद्युतीय उपकरणबाट चैत ११ देखि बाँकी महिनामा १२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको हो । सो अवधिमा १ करोड ४ लाख तीन हजारभन्दा बढी विद्युतीय कारोबार भएको छ ।

वैशाखमा १५ खर्ब २ अर्ब ३८ करोड र जेठमा १४ खर्ब ९३ अर्ब ८६ करोडको विद्युतीय भुक्तानी प्रणालीमार्फत बैकिङ कारोबार भएको छ । वैशाखमा १ करोड ६२ लाख २७ हजार ७ सय ३० र जेठमा १ करोड ११ लाख ८२ हअजार १ सय ७४ वटा विद्युतीय भुक्तानीको कारोबार भएको छ ।   
लकडाउनको सो अवधिमध्य आरटीजीएस प्रणालीमार्फत जेठमा ११ खर्ब ७७ अर्ब ६० करोड रुपैयाँ भुक्तानी भएको छ भने वैशाखमा १० खर्ब ६८ अर्ब ९१ करोड र चैतमा ७ खर्ब ७२ अर्ब ५८ करोड भुक्तान भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । इसीसी प्रणालीमार्फत चैतमा ३ खर्ब ४५ अर्ब ३७ करोड, वैशाखमा २ खर्ब ६० अर्ब २५ करोड र जेठमा १ खर्ब ९१ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ ।  

Read More