के हो आर्थिक मन्दी? मन्दीले एक व्यक्तिलाई कसरी प्रभावित पार्न सक्छ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के हो आर्थिक मन्दी? मन्दीले एक व्यक्तिलाई कसरी प्रभावित पार्न सक्छ?

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व अर्थतन्त्र नै मन्दीतर्फ धकेलिएको विश्लेषण भइरहेको छ। महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आर्थिक गतिविधिहरु करिब ठप्प भएसँगै अर्थतन्त्र नराम्ररी प्रभावित भएको हो।

मन्दी के हो?
सामान्य अवस्थामा एक मुलुकको अर्थतन्त्र वृद्धि हुन्छ। त्यहाँ उत्पादन हुने वस्तु वा सेवाहरुको भ्यालु अर्थात जीडिपि बढेसँगै त्यहाँका नागरिकहरु औषतमा केही धनी हुन्छन्।

 

तर, कहिले काहीँ त्यस्ता वस्तु तथा सेवाहरुको भ्यालु घट्न थाल्छ। जब यस्तो गिरावटले दुई तीन महिना अथवा दुई तीन त्रैमास निरन्तरता पाउँछ, त्यसैलाई मन्दी भनेर परिभाषित गरिन्छ।

यदि मन्दीले लामो समयको लागि निरन्तरता पायो अथवा खराब भयो भने त्यसलाई डिप्रेशन भनिन्छ।

मन्दीले किन फरक पर्दछ?

अधिकांश व्यक्तिरुको लागि आर्थिक वृद्धि एक राम्रो कुरा हो। यसले सामान्यतय त्यहाँ धेरै रोजगारीको अवसर छ भन्ने बुझाउँछ। कम्पनीहरु सामान्यतया नाफामा हुन्छन् र कर्मचारी तथा शेयरधनीहरुलाई धेरै तिर्न सक्छन्।

बढ्दो अर्थव्यवस्थाको अर्थ सरकारले कर बापत बढी पैसा पाउनु पनि हो। त्यसैले त्यहाँ कर कटौती गर्ने वा सरकारी कर्मचारीहरुको सेवा सुविधा र सार्वजनिक सेवाहरुमा बढी खर्च गर्ने सम्भावना हुन्छ।

तर, जब अर्थव्यवस्था खुम्चिन्छ, यी सबै कुराहरु उल्टा हुन्छन्।

के हामी अझै मन्दीमा नै छौँ?

जन कोरोनाभाइरसको असर अर्थतन्त्रमा पर्न थाल्यो,अर्थात जनवरीदेखि मार्च २०२० सम्ममा, विकसित विश्वका अधिकांश व्यक्तिहरुले नकारात्मक वृद्धि अथवा जीडीपीमा गिरावट आएको देखिसकेका छन्।

अप्रिल र जुनको आधिकारिक तथ्यांकहरु अहिलेसम्म प्रकाशित भइसकेका छैनन, तर सो अवधिमा अझ बढी गिरावटको सम्भावना रहेको छ। यसको अर्थ नकारात्मक वृद्धिको दोस्रो त्रैमास हुन्छ। अर्थात निरन्तर दुई त्रैमाससम्म नकारात्मक वृद्धि। यस कुराले पुष्टि गर्छ कि अहिले संसारमा ठूलो मन्दी चलिरहेको छ।

अफिस फर नेशनल स्टयाटिस्टीकका अनुसार जनवारीदेखि मार्चसम्ममा यूकेको अर्थतन्त्र २ प्रतिशत खुम्चिएको छ। त्यसपछि अप्रिलमा २०.४ प्रतिशत खुम्चियो। पुरा महिना लकडाउनका कारण त्यहाँको अर्थतन्त्रमा सबैभन्दा धेरै खुम्चिएको हो।

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२० मा जीडीपीमा ठूलो गिरावट हुने प्रक्षेपण गरेको छ। कोषले अमेरिकको अर्थतन्त्रमा ५.९ प्रतिशत र यूकेको ६.५ प्रतिशत आउने प्रक्षेपण गरेको छ।

वास्तवमा आइएमएफले यस वर्ष समग्र विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ। यो सन् १९३० पछिको सबैभन्दा नराम्रो मन्दी हुने बताइएको छ।

मन्दीले एक व्यक्तिलाई कसरी प्रभावित पार्न सक्छ?

केही व्यक्तिहरुले आफ्नो जागिर गुमाउन सक्छन्, अथवा केही व्यक्तिहरुका लागि मौका वा बढुवा सुरक्षित गर्न गाह्रो हुन सक्छ।

आफ्नो पहिलो जागिरको खोजीमा रहेका स्नातक सकिएका तथा अन्य छात्रहरुका लागि सुरुवाती कामको उपलब्धता कम हुन सक्छ। काम गरिरहेकाहरुको पनि तलब नबढ्ने सम्भावना रहन्छ अथवा धेरै समय काम गर्नुपर्ने वा कटौती स्वीकार गर्नुपर्ने अवस्था आउन सक्छ।

युके सरकारको खर्च निगरानी गर्ने कार्यालय, अफिस फर बजेट रेस्पोन्सीबिलिटीका अनुसार यस गर्मिमा त्यहाँको बेरोजगारी दर दुई गुणाभन्दा बढी हुनसक्ने बताएको छ। त्यहाँको सरकारले अभावको मूल्य चुकाउन ३०० बिलियन पाउण्ड सापटी लिनुपर्ने अवस्था आउने अनुमान सो संस्थाले लगाएको छ। यद्यपि, मन्दीको दुखः समाजका सबै वर्गले समान रुपमा महसुस गर्दैन र असमानता बढ्ने सम्भावना हुन्छ।

जस्तै, यस मन्दीमा पनि जसले जागिर गुमाएका छैनन् उनीहरुको लागि मन्दीले खासै प्रभाव पारेन। त्यस्तै, जो मानिसहरुले राहत लिनुपर्यो, या भनौँ अरुको सहारामा बाँच्नु पर्यो उनीहरु यस मन्दीका कारण धेरै प्रभावित भएका हुन्।

मन्दी कहिले अन्त्य हुन्छ?

यो मन्दी अर्को वर्षमा नै अन्त्य हुने आइएमएफले प्रक्षेपण गरेको छ। अर्को वर्षदेखि नै विश्व अर्थतन्त्र बाउन्स ब्याक हुने उसको भनाइ छ। तर, हामी अहिले अज्ञात अवस्थामा छौँ र रिकभरी कति बलियो हुन्छ भन्ने कसैलाई थाहा छैन।

यदि महामारी र लकडाउनका क्रममा बन्द भएका सबै व्यवसायहरु छिटो खोल्न सकिएमा मन्दीको नतीजा कम गम्भीर हुनेछ। यद्यपि, भाइरस पुन फैलिन्छ कि भन्ने डर अहिले सबैतिर छ र मानिसहरु अझैपनि सुरक्षित भनिएका स्थानहरुमा यात्रा गर्न र बाहिर जान डराइरहेका छन्। समुद्रि यात्रा, हवाई यात्रा र विशेष गरी व्यापार सम्मेलनहरु बाउन्स ब्याक हुन धेरै वर्ष लाग्न सक्छ। त्यसैले, यस मन्दीको प्रभाव आउने वर्षहरुमा पनि महसुस गरिनेछ।

के गर्न सकिन्छ?

कोभिड १९ लाख नियन्त्रण गर्ने भरपर्दो तरिका जस्तै कि खोपले बलियो रिकभरी सिर्जना गर्न मद्दत गर्न सक्छ। तर, त्यो पत्ता नलागेसम्म केही समाधानहरु उपलब्ध छन्।

पछिल्लो मन्दीमा केन्द्रिय बैंकहरुले अर्थतन्त्रलाई टेवा दिन ब्याजदर कटौती गरेका थिए। जसका कारण व्यवसाय र मानिसहरुले सजिलै ऋण लिन सक्ने वातावरण र खर्च गर्न सक्ने क्षमता बढेको थियो।

तर, अहिले अधिकांश मुलुकहरुमा ब्याजदर शून्य बराबर नै छ र यसलाई थप कटौती गर्न सम्भव छैन।

विश्वव्यापी सरकारहरुले कर कटौती र उच्च सार्वजनिक खर्च मार्फत अर्थव्यवस्थालाई टेवा दिन ठूलो रकम ऋण लिएका छन्। तर, सो ऋणको लागत दशकौँ सम्म भोग्नु पर्ने हुन्छ।

Read More
  • MBL - below news