यी ४ प्रकारका व्यक्तिले क्रेडिट कार्ड प्रयोग नगर्नु राम्रो !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यी ४ प्रकारका व्यक्तिले क्रेडिट कार्ड प्रयोग नगर्नु राम्रो !

काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ ।

तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दाे र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन भने यसले क्रेडिट स्कोरलाई प्रभाव पार्नुुका साथै ऋणको जालोमा धकेल्ने गर्दछ ।

यहीकारण विज्ञहरुले क्रेडिट कार्ड प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिने गर्दछन् । यो चेतावनी ती मानिसहरुका लागि सबैभन्दा धेरै काम लाग्ने गर्दछ,जो आफ्नो आर्थिक अवस्थाको बारेमा सजक हुुने गर्दैनन् र जोसंग पैसाको व्यवस्थापन गर्ने कौशल हुँदैन । यस्ता मानिसहरु सजिलैसँग ऋणको दलदलमा फस्ने गर्दछन् । त्यसैले हामी तपाईलाई केही यस्ता व्यक्तिहरुको बारेमा बताउँदैछौ, जसले क्रेडिट कार्ड प्रयोग गर्नबाट बच्नुु पर्दछ । 

१.उक्साहटमा र उत्साहमा बहकिएर किनमेल गर्ने व्यक्ति 
उक्साहट र उत्साहमा बहकिएर किनमेल गर्ने व्यक्तिहरु फजुुल र अनावश्यक खर्च गर्ने गर्दछन् । उनीहरुको खर्च गर्ने प्याटर्नका कारण आफ्नो कार्डको सीमा पार गर्ने गर्दछन् । यस्तो बानी उनीहरुका लागि राम्रो मानिँदैन । किनकि बैंकहरुले यस्ता व्यक्तिहरुलाई ऋणको भोको भएको सम्झन्छन र उनीहरुको क्रेडिट स्कोर कमजोर बन्न पुुग्दछ । जब भविष्यमा यस्ता व्यक्तिहरुले कुुनै पनि प्रकारको क्रेडिट कार्डका लागि आवेदन दिंदा त्यो अस्वीकार हुुने सम्भावना एकदमै उच्च हुुने गर्दछ । 

२.विलम्ब गरी बिल भुुक्तानी गर्ने व्यक्ति

...

Read More