के हो नविल बैंकको जेन-एन एकाउन्ट?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
के हो नविल बैंकको जेन-एन एकाउन्ट?

हालै नविल बैंकले जेनएन एकाउन्ट सञ्चालनमा ल्याएको छ। खासगरी १८ वर्षमाथिकालाई लक्षित गर्दै बैंकले ल्याएको योजना कस्तो हो ? बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको भनाइ-

अहिले कोरोना भाइरसको कारणले लकडाउनकै चरणमा छौं। वित्तीय क्षेत्रलाई जतिसक्दो डिजिटल बनाउने यो अवसर पनि हो।

कुनै नराम्रो पक्षबाट पनि केही कुरा सिकिन्छ भनेजस्तै यो कोरोना र लकडाउनमा राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत सबै बैंक मिलेर आउने दिनहरुमा गर्ने भनेकै डिजिटल कारोबार नै हो, तयारी भइसकेको छ।

जे गरे पनि राम्रोबाट अगाडि बढ्नु पर्यो। रिस्क छ, त्यससँग पनि जुधेर अगाडि बढ्ने  सोच्नु पर्छ। डिजिटललाई बढाउनुपर्छ भनेर त हामी सबै जना क्लियर छौं यसमा द्विविधा छैन।

त्यसमै टेवा पुर्‍याउने उद्देश्यले नविल बैंकले अहिले जेन–एन एकाउन्ट सञ्चालनमा ल्याएको छ। सकेसम्म मानिसलाई नभेटी काम गरौं भन्ने भइरहेको हुनाले हामीले जेनएन एकाउन्ट सञ्चालनमा ल्याएका हौँ।

योभन्दा अघि हामीले कर्पोरेट बैंकिङको लागि एउटा प्रोडक्ट निकालेका थियौं। यसमा इन्टरनेटबाटै कर्पोरेट कस्टमरले सेवा लिन सक्नुहुन्छ।

युवाहरुलाई कसरी खाता खोल्न आकर्षित गर्ने भनेर अध्ययन गरेपछि हामीले के पायौं भने युवाहरुले जे पर्दा पनि अलि चाँडो गर्न खोज्नु हुन्छ। टेक्निकल्ली रुपमा पनि युवाहरु अगाडि हुनुहुन्छ।

त्यसैले हामीले उहाँहरुलाई लक्षित गर्दै जेनएन एकाउन्ट सञ्चालनमा ल्याएका हौं। सुरक्षाका दृष्टिले घरमै बसी कम्युटरबाट सर्वसाधारणले यो खाता खोल्न सक्नुहुन्छ। यो बचत खाता हो। यसमा ४ प्रतिशत उच्च ब्याजदर दिइन्छ।

खोलिसकेको खातामा उहाँहरुले पैसा ट्रान्फर गर्न चाहनुहुन्छ भने एक पटक पनि बैंक आउनु पर्दैन। हाम्रो मोबाइल एपबाट पनि कारोबार गर्न सक्नुहुन्छ।

हाम्रो सबै बचत खातामा पाइने इन्स्योरेन्स सेवा  यसमा पनि छ। विभिन्न घातक रोगको इन्स्योरेन्स कभरेज गरी याे एकाउन्टलाई अगाडि बढाएका छौं।

घातक रोग भन्नाले क्यान्सरदेखि हर्ट अट्याकसम्म इन्स्योरेन्स कम्पनीहरुले नै व्याख्या गरेका रोगहरु पर्छन्। यस्ता रोग अहिले जुन उमेर समूहलाई पनि हुनसक्छ।

यो खाता खोल्नेलाई धरैजस्तो डिजिटल कारोबार गर्ने मनी ट्रान्सफर, फन्ड ट्रान्फर लगायत सबै फ्री गरेका छौं। त्यो सँगसँगै दुई जिबीको डाटा फ्री गरेका छौं।

यो सेवाको लञ्ज पनि कागजबाट भन्दा सामाजिक सञ्जालबाटै गरी प्रोत्साहन दिएका छौं।

हाम्रो भनाइ के हो भने कुनै पनि युवाको खाता छैन भने अहिले खोलेर सुरु गरौं। घरमै बसेर कम्प्युटर वा फोनबाटै खोल्न सकिन्छ। हामीले यो सुरुआत गरेको केही दिन मात्रै भएको छ र रेस्पोन्स पनि राम्रो आएको छ। युवाहरुमा बचत कल्चर ल्याउन प्रोत्साहन गर्ने पनि हाम्रो उद्देश्य हो।

साधारण मानिसले खाता खोल्ने कसरी?

...

Read More