एनएमबि लघुवित्तले १२% बोनस सेयर पारित गर्न असार २२ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनएमबि लघुवित्तले १२% बोनस सेयर पारित गर्न असार २२ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीको जेठ ३० गतेको सञ्चालन समितिको बैठकको निर्णय अनुसार संस्थाको वार्षिक साधारणसभा असार २२ गते केन्द्रीय कार्यालय कास्की, पोखरामा विहान ११ बजे सुरु हुने भएको छ । गत चैत २६ गते उक्त साधारण सभा स्थगित भए थियो  । बैठकले सभा प्रयोजनका लागि चैत १० गतेदेखि बुक क्लोज गर्ने भएको छ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट १२% बोनस शेयर र कर प्रयोजनका लागि ०.६३% नगद लाभांश प्रस्ताव पेश गर्ने भएको छ । साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्न उपयुक्त देखिएमा उक्त कामका लागि सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने विषय पनि सभामा छलफलका लागि पेश गरिने छ ।

Read More
  • MBL