विदेशीको कब्जामा नेपाली सफ्टवेयर बजार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विदेशीको कब्जामा नेपाली सफ्टवेयर बजार

सफ्टवेयर बजारका अनुसन्धानकर्ताका अनुसार नेपाली बजारमा म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) को वार्षिक १.५ अर्बको कारोबार हुने गर्छ ।

आत्मनिर्भर उन्मुख सख्ंयात्मक सेवामध्ये नेपाली सफ्टवेयरको उत्पादन र प्रयोगले गति पाउन थालेको छ । डिजिटल नेपालको विकास अवधारणालाई समेट्दै साइबर ऐनलगायतका विभिन्न कानुन निर्माणले स्थान पाउँदै गएको छ । सूचना प्रविधि पहुँच विस्तारका लागि पूर्वाधार विकासमा सरकारी निकायबाट हालसम्म करिब २७ अर्ब लगानी भएको राष्ट्र बैंक तथ्याङ्कमा उल्लेख गरिएको छ । आ.व. २०७७-०७८ को बजेटमा प्रविधि विकासतर्फ कुल ५ अर्ब ६४ करोड विनियोजन गरिएको छ । यो बजेट अप्टिकल फाइबर बिछ्याउने, त्यस्तै दूरसञ्चार पहुँच वृद्धिका विभिन्न परियोजनामा खर्च गरिने उल्लेख गरिएको छ । तर, प्रविधि बजारलाई आवश्यक पर्ने सफ्टवेयर विकास र उत्पादन सरकारी प्राथमिकतामा परेको देखिंदैन, जसका कारण नेपाली सफ्टवेयर उद्योग आत्मनिर्भरउन्मुख हुन चुनौती थपिएको छ ।

नेपालका राष्ट्रिय स्तरका सफ्टवेयर कम्पनीमध्ये प्रोफेसनल कम्प्युटर सिस्टम, मण्डला, ब्रेनडिजिट, मर्कन्टाइललगायत १० वटा कम्पनीले एकाउन्टिङ, मार्केटिङ, शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्रलाई डिजिटाइजेसन हुन उपयोगी सफ्टवेयर बजारमा ल्याउन सफल हुँदै आएको छ । सार्क सदस्य बगंलादेश, भुटानलगायतका राष्ट्रमा नेपाली कम्पनीका बैंकिङ सफ्टवेयर प्रयोगमा आउने गरेको छ । नेपालको आयात–निर्यात सन्तुलन चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकको प्रत्येक अर्धवार्षिक सर्वेक्षण रिपोर्टमा देख्न पाइन्छ । तर, सन् २०१९ मा सफ्टवेयरको निर्यात ३७ प्रतिशत रहेको थियो र आयात भने २८ प्रतिशतमा सीमित रहेको क्यान महा–संघको बजार सर्वेक्षण रिपोर्टमा उल्लेख छ । यी कम्पनीबाट बर्सेनि प्रविधि बजारमा उपलब्ध वार्षिक ४ देखि ५ हजार आइटी इन्जिनियरमध्ये अधिकांशलाई उच्च पेरोलमा नेपालभित्र रोजगारी उपलब्ध गराउँदै आएको छ । विश्व बैंकले नेपाललाई दक्षिण एसियाली मुलुकमध्ये रोजगारी उपलब्ध गराउने देशको सूचीमा ६८ औँ स्थानमा रहेको बैंकको पछिल्लो रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्टमा नेपालको बेरोजगारी दर घटाउन वार्षिक २ लाख ८० हजार रोजगार सिर्जना गर्नुपर्न जनाएको छ । सूचना प्रविधिका सफ्टवेयर कम्पनीबाट रोजगार उत्पादनमा करिब ९ प्रतिशत योगदान गर्दै आएको छ । चालू आ.व.को १० महिनामा सरकारले भ्याट र आयकर शीर्षकमा क्रमशः १०९ र ८० अर्ब सकंलन गर्न सफल भएकोमा सफ्टवेयर कम्पनीबाट ३ देखि ५ प्रतिशत साझेदारी गरेको छ ।

Read More