काेराेना महामारीमा चासाे बिटक्वाइनमा, (बैंकर सरोज कटुवालको विचार)


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
काेराेना महामारीमा चासाे बिटक्वाइनमा, (बैंकर सरोज कटुवालको विचार)

ने.रू.,  भा.रू., डलर जस्तै बिटक्वाइन पनि एक किसिमकाे मुद्रा हाे । यसकाे निष्काशन र सञ्चालन कुनै केन्द्रीय बैंक वा कानुनी इकाई बाट नभएर  सिमित ब्यक्तिहरूकाे एउटा समुहबाट भएकाे छ । याे डिजिटल/भर्चुअल मुद्रा अर्थात क्रिप्टाेकरेन्सी काे स्वरूपमा रहेकाे हुन्छ । विश्वमा अरू धेरै क्रिप्टाेकरेन्सीहरू छन् तर अरू अहिलेकाे समयमा सबैभन्दा प्रचलित भने बिटक्वाइन नै रहेकाे छ ।  याे मुद्रालाई ओपन साेर्स सफ्टवेयर बाट बनाउन(उत्खनन् गर्न) वा डिजिटल एप्सहरू मार्फत खरिद गर्न सकिन्छ ।

यसकाे संक्षिप्त जानकारी :
लेजर सुरूवात: ३ जनवरी २००९ (करिब ११ बर्ष अगाडि)
संस्थापक: साताेषी नाकामाेताे
संकेत: BTC, ฿, ₿
आई.एस. ओ.४२१७ काेड: BTC, XBT
सुरूवाती निष्काशन: ९ जनवरी २००९
निष्काशन सिमा: BTC २,१०,००,०००।-
अनुमानित निष्काशन अवधि: सन् २१४० सम्म

बिटक्वाइन ब्लकचेन प्रबिधिमा आधारित हुन्छ । ब्लकचेन एउटा यस्तो ब्लकहरूको घेरा हो जसभित्र जोकोही को प्रवेश गर्न वा पहुँच राख्न सक्दैन । सर्बसाधारणले ब्लक तयार गर्न भिनिन्न जटिल गणितीय पजल हरूको सामाधान गर्नुपर्ने हुन्छ र नयाँ ब्लक तयार गरेपछि उक्त ब्लकचेनमा जोड्नुपर्दछ जसको सञ्चालन गर्ने   माईनर९ःष्लभच० ग्रुप हुन्छ र यो कार्यलाई माईनिङ (Miner)  भनिन्छ । सुरूवाती चरणमा २,१०,००० ब्लक जोडेबापत प्रति ब्लक ५० बिटक्वाइन प्रदान गरिएको थियो । त्यसपछिको चरणमा आधा प्रति ब्लक अर्थात प्रतिब्लक २५ , फेरि आधा प्रतिब्लक १२.५, ६.२५, ३.१२५ गर्दै क्रमश लगिन्छ । यसरी आधा गर्ने कार्य  Halving हो जुन निर्धारित  बिटक्वाइन सङ्ख्या सिमा पूरा भएपछि रोकिन्छ । प्राय औषतमा यी चरणहरू ४/४ बर्षमा तय हुन्छन् । सुरूमा धेरै र  पछिल्ला चरणहरूमा कम गर्दै बिटक्वनइन प्रदान गर्ने विधि साँघुरो बनाउदै लैजानुको कारण भने यसको मुद्रास्फीति को सट्टा मुद्रासंकुचन मार्फत भ्यालु बढाउनु हो । हाल करिब ८७.५९% बिटक्वाइन उत्खनन भईसकेको छ भने बाँकीको पनि क्रमशः उत्खनन् कार्य जारी रहेको छ । यही क्रमबाट जाने हो भने सन् २१४० सम्ममा सबै बिटक्वाइन उत्खनन् भइसक्ने अनुमान छ ।

कुनै पनि मुद्रा ग्राह्य हुनको लागि त्यसमा विश्वसनीयता आवश्यक पर्दछ । यहि कडीलाई समातेर एउटा सातोषी नाकामोतो नामको अवास्तविक नाम राखेर आफ्नै नेटवर्क तयार गरि कुनै ब्यक्तिले बिटक्वाइन नामक डिजिटल मुद्राको  अविस्कार र सञ्चालन गरिदिए । त्यसपछि सोही नेटवर्क परिधिभित्र रही कसैले यसको उत्खनन् गर्दै कसैले किनबेच गर्दै यसलाई चर्चित बनाउदै लगे । हाल यसको प्रयोग बैधानिक वा अवैधानिक भन्ने बिषयमा विश्वमा एउटै अवधारणा रहेको पाईदैन । जापान, माल्टा, क्यानडा, रूस,  अमेरिका, जर्मनी, अष्ट्रेलिया जस्ता मुलुकहरूले बिटक्वाइनलाई कर संकलन, सञ्चालन लाईसेन्स, केवाईसी, सम्पति गणना आदि कुनै न कुनै तरिकाबाट सम्बोधन गर्दै स्विकार गरेको पाईन्छ भने बोलिभिया, भियतनाम, नेपाल, पाकिस्तान , बंगलादेश आदिले यसको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको पाईन्छ साथै अर्जेन्टिना , कोलम्बिया, मलेसिया, माल्दिभ्स, उरूग्वे मुलुकहरूमा यसको बारेमा कुनै ठोस नीति रहेको पाइदैन ।

...

Read More