कोरोना ब्रेक : अब अनलाइनमैत्री युग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोना ब्रेक : अब अनलाइनमैत्री युग

अब हामी डिजिटल युगमा प्रवेश गर्ने कि नगर्ने भन्ने विषयमा बहस गर्नु आवश्यक छ ।

कोरोनाले गर्दा अहिले सामान्य जीवनबाट हामी वञ्चित रहिरहँदा अब विगतको सामान्य अवस्था फेरि जिउन पाउने हो कि हैन भन्ने प्रश्न आफ्नै ठाउँमा छ । कोभिडको औषधि कहिले आउने र अब आगामीको जनजीवन के–कस्तो रहने भन्ने जिज्ञासा सबैमा रहेकै हुनुपर्छ । तेलको मूल्यमा गिरावट त एउटा उदाहरण मात्र हो, कोरोनाको त्रास फैलिएसँगै अहिले विश्वका विभिन्न क्षेत्रका व्यवसाय ठप्प छन् । पर्यटन, यातायतदेखि रेस्टुराँहरूसम्म ठप्प रहेका छन् । काठमाडौँमा महँगो भाडा तिरेर चलाइएको व्यवसायका आफ्नै पीडा छन् । यद्यपि कोरोनाले असर नपारेको क्षेत्र भनेको अनलाइन संसार अवश्य हो ।

सामान्य अवस्थामा हुने भौतिक कार्यलाई डिजिटल प्रणालीमा सुरुवात गर्न थालिएको देखिन्छ । अफिस होस् या कक्षाकोठा, अहिले घरको बैठक कोठातिर सरेको देखिन्छ । गुगल क्लासरुम वा जुमबाट कक्षा सञ्चालन भइरहेको र मिटिङ जुम, गुगल ह्याङआउट र माइक्रोसफ्ट टिमबाट हुन थालेका छन् । कोरोनाको असरपश्चात् यी एप्लिकेसनमा भएको व्यापक वृद्धिले यस तथ्यको पुष्टि पनि गर्छ । वित्तीय क्षेत्रमा कोरोनाको असरपश्चात् अनलाइन बैंकिङको प्रयोग तथा मोबाइल बैंकिङको प्रयोग बढेको देख्न सकिन्छ । न पैसा छुनुपर्ने, न त्यहाँबाट भाइरस सर्ने डर हुने हुँदा यसको प्रयोग अहिले सहरी क्षेत्रमा बढेको देखिन्छ । अझ कुनै प्रकारको समस्या भएमा वा कतिपय सेवा लिन बैंक नै नगई अनलाइनमार्फत सेवा प्रदान गरिरहेको हुँदा एउटा परिवर्तन महसुस यस क्षेत्रमा पनि देख्न सकिन्छ ।
कन्सर्ट आयोजना गर्न नसकेको गत नववर्षमा कतिपय कलाकारले घरमै बसेर फेसबुक लाइभमार्फत आफ्नो प्रस्तुति दिए भने १९७४ एडी, स्याडोज ब्यान्ड होस् या विदेशी सांगीतिक समूहहरूले, लकडाउनमै आफ्नो प्रस्तुति घर बसेर दिइरहेको देख्दा अबको मनोरञ्जनको युग पनि अर्को चरणमा गएको हो झैँ लाग्छ । 

अझ युवापुस्तामाझ प्रचलित मेसेन्जर लुडो खेलले यसको थप पुष्टि गरेको देख्न सकिन्छ । रेस्टुराँबाट मगाएर खाने हाम्रो परम्परा त्याग्दै युट्युबमा सिकेर पकाएर सामजिक सञ्जालमै हाल्ने लहर चल्दै थियो, मातातीर्थ औंसीले थप हौसला प्रदान ग-यो । त्यतिमात्रै हैन, कागजी रूपमा आउने समाचारपत्रलाई अनलाइनमै रुचाइन थालेको देखिन्छ, बजार गएर खरिद गर्नुभन्दा अनलाइनमार्फत अर्डर गर्ने परम्परा हाबी देखिन्छ ।

Read More