के डिजिटल बैंकिङ कारोबार -निशुल्क कायम रहला अब ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
के डिजिटल बैंकिङ कारोबार -निशुल्क कायम रहला अब ?

आगामी असार १ गतेबाट आंशिक रुपमै भएपनि लकडाउन खुल्ने प्राय निश्चित छ । हालै सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत पनि डिजिटल कारोबारलाई फोकस गरेको छ । केही बैंकहरुले बैंकलाई पूर्ण डिजिटलाइजेशन गर्ने घोषणा समेत गर्न थालेका छन् । हाल बैंकिङ कारोबारमा डिजिटल सेवा निशुल्क छ । यही अबस्थामा बैंकहरुले अब तत्काल डिजिटल कारोबारमा शुल्क लिन सक्लान कि नसक्लान् । राष्ट्र बैंकले डिजिटल शुल्क बारे के आगामी मैद्रिक नीतिमै सम्बोधन गर्ला ? बैंकहरुले डिजिटल कारोबार निशुल्क गरेपछि अब बैंकहरु नगद कारोबारमा शुल्क लिने तयारीका थिए । कोरोनाको संत्रास बढ्दै गएपछि करिव ५० प्रतिशतले नोटको कारोबार घटेको बैंकहरुले बताएका छन् । नगद कारोबार धेरै हुने बैंकहरुमा नगद कारोबार ह्वात्तै घटेको छ । डिजिटल कारोबार अत्याधिक धेरै भएका कारण नगद कारोबार घटेको भने पक्कै होइन । आर्थिक चलायमान नहुँदा बैंकिङ कारोबार नै घटेको हो ।

 तथापी अन्य समयमा भन्दा डिजिटल कारोबार अहिले बढेको छ । लकडाउनका कारण डिजिटल कारोबार बृद्धि भएको छ । नोटबाट कारोबार गर्दा कोरोना संक्रमण हुन सक्ने भन्दै नोटको कारोबार कम गर्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई आग्रह गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकको नीति पनि यही थियो । तर अब भने कोरोनाको विषयलाई लिएर बैंकरहरूले राष्ट्र बैंकलाई कोरोना कर लिने व्यबस्था मिलाउन माग गरेका छन् । नगद बैंकिङ कारोबारलाई कम गर्न कोरोना कर लगाउने र क्यासलेस बैंकिङलाई महत्व दिने उद्येश्यले नगद कारोबारमा ‘कोरोना कर’ लिन खोजिएको एक बैंकरले बताए । तर अबस्था त्यस्तो सहज छैन कि कोरोना कर कहिलेसम्म भन्ने अर्को प्रस्न छ । यसलाई हेर्दा बैंकहरुले कोरोना करको नाम दिएर अब नगद कारोबारमा कर लिन खोजेको देखिन्छ ।

कोरोना कर

...

Read More