काठमाडौं : नेको इन्सुरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार बसेको साधारण सभाले गत वर्षको नाफाबाट ८.१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै, उक्त सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालक निर्विरोध चयन गरेको छ ।
जसमा, संस्थापक सेयरधनीबाट रमेश कुमार निरौला, धुब्रचन्द्र गौतम र भरत कुमार अधिकारी र सर्वसाधारण सेयरधनीको तर्फबाट रोहित कुमार भटृराईलाई चयन भएका हुन् ।








