काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरुले अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे बाट जुनसुकै प्रकारको बीमाशुल्क रकम भुक्तानी गर्न पाउने भएका छन् ।
यूनियन लाइफले हालै अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे संग बीमाशुल्क भुक्तानी सम्बन्धी संझौता गरेको छ । यो संझौता भए संगै कम्पनीका बीमितहरुले घरमै बसेर प्रथम बीमाशुल्क, नबिकरण बीमाशुल्क तथा बीमालेख अन्तर्गतको ऋण लगायत सबै प्रकारका शुल्कहरु भुक्तानी गर्न सक्ने भएका छन् ।






