काठमाडौं । बीमा बजारमा उच्च गुणस्तरीय सेवा पुर्याउने उद्धेश्यका साथ स्थापित नेको इन्सुरेन्स लिमिटेडको २५ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारणसभाले २०७६/७७ को कम्पनीको वित्तिय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई ८.१६ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ ।
सधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रमेशकुमार निरौलाको अध्यक्षता सम्पन्न भएको थियो भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार निरौलाले सञ्चालन गरेका थिए ।








