अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरूद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख रूपैयाँ सहयोग गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका माननीय मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी, उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड –१९) विरूद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिएका छन् ।
कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरूद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।







