काठमाडौं : मेगा बैंक र गण्डकी विकास बैंकले बुधबार (जेठ २१ गते) विशेष साधारण सभा गर्दैछन् । मेगाले गण्डकीलाई एक्वायर गर्दैछ । दुवै बैंकले मुख्य रुपमा सोही प्रस्ताव राखेर विशेष सभा बोलाएका हुन् । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । यसर्थ, गण्डकीको १०० सय कित्ता सेयर हुनेले मेगाको नाममा १०० कित्ता सेयर पाउनेछन् ।
सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन पनि गर्नेछ । एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । एक्वायरपछि मेगा बैंकको नामबाट कारोबार हुनेछ । मेगाको सभा बैंकको केन्द्रीय कार्यलय कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।






