कोरोना भाइरसको कारण धेरै कम्पनीहरू पीडित छन् । धेरैले आफ्नो रोजगारीको बाटो गुमाएका छन् । यद्यपि, अर्कोतिर अमेरिकी सफ्टवेयर कम्पनी जूम भिडियो कम्युनिकेशनले यसबाट भरपुर फाइदा उठाएको छ । यस कम्पनीको बजार क्यापिटलाइजेसनले विश्वको ७ टप एयरलाइन्सलाई जोड्दा पनि त्यो भन्दा ज्यादा भएको छ ।
एक रीपोर्ट अनुसार जूम कम्युनिकेशनको मार्केट क्यापिटलाइजेसन ४८.७८ बिलियन डलर पुगेको छ । जबकी विश्वको ७ टप एयरलाइन्सको कुल मार्केट क्यापिटलाइजेसन ४६.२१ बिलियन डलर रहेको छ । यो २.५७ बिलियन डलर बढी हो ।
उद्योग विश्लेषकहरूका अनुसार व्यवसायीक प्रयोगकर्ताहरूलाई यसबाट फाइदा पुगेको छ । यसले एक पटकमा १०० जना सम्म भिडियो कन्फरेन्स गर्न सक्दछ । यो अनलाइन क्लासमा पनि प्रयोग भइरहेको छ ।





