नेपाल पुनर्बीमा कम्पनीको शेयर लगानीकर्ताको डीम्याट खातामा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल पुनर्बीमा कम्पनीको शेयर लगानीकर्ताको डीम्याट खातामा

नेप्सेद्वारा एनआरआईसी स्टक संकेत प्रदान 

जेठ १६, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।

लकडाउनका बीच गत चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको उक्त कम्पनीले शुक्रवार लगानीकर्ताहरुको हितग्राही खातामा शेयर जम्मा गरेको हो । अब शेयर कारोबार सुचारु भएपछि उक्त कम्पनीको आईपीओ पनि कारोबार गर्न सकिने भएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार तथा विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले शुक्रवार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले शेयरधनीहरुको हितग्राही खातामा आईपीओ जम्मा गर्ने कार्य सम्पन्न गरेको जानकारी दिए ।

लकडाउनकै बीच बाडफाट गर्न सफल भएको अवस्थामा अब बजार सुचारु हुँदा कारोबार गर्न पाउन भन्ने उदेश्यले यो विषम परिस्थितिमा पनि सूचीकरण प्रक्रिया सम्पन्न गरेको उनले बताए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जेठ १४ गते सूचीकरणको प्रक्रिया अघि बढाएको उक्त कम्पनीको शेयर कारोबारका लागि नेप्सेले एनआरआईसी स्टक संकेत प्रदान गरेको छ ।

उक्त कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म रू. १ अर्ब ६० करोड बराबरको आईपीओ सर्वसाधारणलाई विक्री गरेको हो । सरकारी स्वामित्वको उक्त कम्पनीको नेटवर्थको आधारमा दोस्रो बजारमा राम्रो मूल्य पाउने देखिन्छ ।

उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ५६ रहेको छ । नेप्सेले नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्न सक्ने व्यवस्था छ । यस व्यवस्था बमोजिम उक्त कम्पनीको शेयरको मूल्य रेञ्ज प्रतिकित्ता रू. ४५० भन्दा माथीनै तोकिने सम्भावना छ ।

Read More
  • MBL