अनलाइन सञ्‍चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन दिइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइन सञ्‍चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन दिइने

काठमाडौं : सरकारले आगामी वर्षबाट सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्न दिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवर्द्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने बताएका हुन्। उनले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइने स्पस्ट पारेका छन्। 

अर्थमन्त्री खतिवडाले पत्रकारिता क्षेत्रको व्यावसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने जनाएका छन्। पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई सञ्चारकर्मीको हितका कार्यमा उपयोग गरिने भएको छ।

आगामी आर्थिक वर्षबाट साइवर सुरक्षा जोखिमको पहिचान, असर न्यूनीकरण र आकस्मिक साइवर सुरक्षा छरितो र भरपर्दो बनाउन साइवर फोरोन्सिक ल्यावको स्तरोन्नति गरिने र छुट्टै साइवर सुरक्षा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ। सरकारले हुलाक प्रणालीको पुनर्संरचना गरी आधुनिक र प्रविधियुक्त बनाउँदै सम्भाव्यताको आधारमा सेवाको क्षेत्र विस्तार गरिने जनाएको छ।

...

Read More