आइएमई लाइफले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङको ग्रेड ४ रेटिङ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई लाइफले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङको ग्रेड ४ रेटिङ

जेठ ९, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ९ करोड १८ लाख नाफा कमाएको छ । 

गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा २ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू। ९ करोड ६० लाख नाफा कमाएको थियो । 

चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. १८ करोड २२ लाख सञ्चित गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले जीवन बीमा कोषमा रू. १ अर्ब १८ करोड जम्मा भएको छ । 

Read More
  • MBL - below news