अब डिजिटल रुपमा भेटघाट गर्ने प्रचलन आउँछ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब डिजिटल रुपमा भेटघाट गर्ने प्रचलन आउँछ

काठमाडौं । सन् २०१९ को सेप्टेम्वरमा चीनको वुहान शहरको पशुपन्छीको मासुको बजारबाट कोरोना भाइरसको पहिलो संक्रमण भएको खबर विश्वको सामु आएको थियो । अहिले यस भाइरसको महामारी विश्वभरि फैलिसकेको छ । यी पंक्तिहरू लेखिरहँदासम्म ४७ लाख ३५ हजार भन्दा बढि यो रोगका संक्रमितहरू भई सकेका छन् भने ३ लाख १६ हजार भन्दा बढि मानिसहरूको मृत्यु भइसकेको छ ।

 विश्वको आर्थिक वृद्धिदरमा ३ प्रतिशत नकारात्मक वृद्धि हुने प्रक्षेपणहरू गरिएको छ । यसको प्रभावहरू के के हुन सक्छन र यसले विश्वको अर्थतन्त्रमा कस्तो प्रभावहरू पर्छ ? नेपालमा यसको प्रभावहरू कस्तो पर्ला र त्यसबाट बच्न के कस्ता उपायहरू अपनाउनु पर्ला ? यस विषयमा हामी चर्चा गर्न गइरहेका छौं ।

कोरोना संक्रमणको प्रभावहरूका चरणः

यो महामारीको प्रभाव ३ चरणमा देखिदै जाने छ ।  पहिलो चरणः मानिसको स्वास्थ्यमा कोरोना भाइरसको संक्रमणले ठूलो समस्याहरू आउने सक्नेछ । जुन अहिले संसार भरि देखिइ नै रहेको छ । भाइरस संक्रमितहरूलाई आवश्यक स्वास्थ्य उपचारहरू प्रदान गर्नका लागि धेरै ठूलो धनराशी, मानव शक्ति र औषधिहरूको अभाव भइरहेको छ । अमेरिका, युरोप जस्ता धनी अनि अति विकसित महादेशहरूमा समेत धन, स्वास्थ्यकर्मीहरू, स्वास्थ्य उपकरणहरू र औषधिहरूको अभाव देखिएको छ ।

संक्रमणको पुष्टि गर्न गरिनु पर्ने टेष्टिङ किटदेखि श्वास प्रश्वासका समस्यालाई सहयोग गर्ने र समाधान गर्न भेन्टिलेटर, आईसीयूका बेडहरू, स्यानिटाइजर, मास्क, आइसोलेशन वार्डहरू सहित विभिन्न औषधिहरूको कमी देखिएको छ । महामारीमा देशले परिपालना गर्नुपर्ने आपतकालीन स्वास्थ्य सेवा, लकडाउनलगायतका आदेशहरू कार्यान्वयन गराउन आवश्यक कानुनहरू संशोधित र समयसापेक्ष छैनन् । पुराना कानुनहरू अहिलेको यस महामारीमा सान्दर्भिकता देखिदैन । 

Read More