बुधबार थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बुधबार थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौँ — कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर ३ देखि ४८ वर्ष उमेरको रहेको छ । जसमा १८ जना पुरुष र ७ जना महिला छन् ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना (२८, २९, ३५र ३७ ) र एक जना २४ वर्षीय महिला रहेको बताएका छन् ।

त्यसैगरी बाँकेमा ६ जना पुरुष ( नरैनापुरका १७, २०, २८ र ३० वर्ष)का र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडिटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षणहरु छ ।

Read More