जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु

इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ।

जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए।

यो सँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् बताइएको छ।

आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए।

इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्सको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको कम्पनीको भनाई छ।

इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स प्राप्त गरेको थियो।

Read More