काठमाडौं । डिजिटल शब्द ग्राहकका लागि सेवाहरु अदृश्य महसुस हुने गरी सहज र निर्वाध रुपले प्रदान गर्न सक्ने कार्य हो । यसले प्रविधिको प्रयोग गरी अनुभवहरू डिजाइन गर्दछ । डिजिटल बैंकिङले प्राप्त गर्ने क्षमता भएका सबै अटोमेसन र सुधारहरूका बाबजुद ग्राहकहरू र उनीहरूका आवश्यकताहरू अझै पनि बैंकिङ क्षेत्रका मुख्य केन्द्रविन्दुमा पर्दछन् । बैंकहरूलाई डिजिटल हेड चाहिँदैन, त्यो सिईओ हो । यसर्थ बैंकिङ व्यवसायमा डिजिटल नै बैंकिङको उत्तम अभ्यास हुनुपर्छ ।
फाइनान्सियल ब्रान्डमा जिम मारौसले भनेका छन्, "डिजिटल बैंकिंङको सही अभ्यासले, रियल टाइममै छलफल गर्न अनुमति दिएर ग्राहकसँगको अनुभवलाई बढी निजीकृत र सक्रिय बनाउँदछ । ठूला डाटा र भौगोलिक-डेमोग्राफिक दृष्टिकोणबाट कार्यान्वयन गरी यसले ग्राहकको जीवनमा तिनीहरूको मुद्रा व्यवस्थापन र ग्राहकको जीवन सजिलो बनाउनको लागि स्थापित हुनुपर्दछ । ग्राहकले 'डिजिटल बैंकिंङ' को बारेमा सोच्नु हुन्न । यसको सट्टा बैंकिङ व्यवसायले विगतका अनुभवहरु बटुल्दै सबै कार्य डिजिटलको पृष्ठभूमिमा गर्नुपर्छ । डिजिटल बैंकिङ निर्वाध, एकीकृत, शक्तिशाली तर अदृश्य हुनुपर्छ। ”





