कुमारी बैंकले देव : विकास बैंकलाई प्राप्ति गर्ने, जेठ १९ गते दुवै बैंकद्वारा सभाको आयोजना


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंकले देव : विकास बैंकलाई प्राप्ति गर्ने, जेठ १९ गते दुवै बैंकद्वारा सभाको आयोजना

वैशाख २९, काठमाडौं । कुमारी बैंकले देव : विकास बैंकलाई प्राप्ति गर्न लागेको छ । देव : विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ति गर्न लागेको हो ।
 

यो सहमतिलाई अन्तिम रूप दिन दुवै कम्पनीले जेठ १९ सभाको आव्हान गरेका छन् । कुमारीले विहान ११ बजे नक्सालमा विशेष साधारण सभा र देव : विकास बैंकले सोहि समयमा केन्द्रीय कार्यालय लालदरबार, काठमाडौंमा १३ औं वार्षिक साधारण सभा बोलाएको हो । 

कुमारीले प्राप्ति प्रयोजनका लागि आवश्यक निर्णयहरु गर्नुका साथै पछिल्ला दिनमा गर्नुपर्ने कामको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव विशेष साधारण सभाका लागि तय गरेको छ । कुमारीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । 

उता देव : विकास बैंकले आव्हान गरेको सभाले भने प्राप्ति सम्बन्धि प्रस्तावसँगै गत आर्थिक वर्ष २०७५/ ७६ को वित्तीय विवरण सहित विविध प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्ताव गरेको ८ दशमलव ५५ प्रतिशत बोनस शेयरसमेत सभाले पारित गर्नेछ । 

देव : विकास बैंकले भने वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । हाल देव : विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब १७ करोड ७१ लाख र कुमारी बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ ।

Read More
  • MBL