कस्तो छ डिजिटल पूर्वाधार ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कस्तो छ डिजिटल पूर्वाधार ?

कोभिड–१९ पछि डिजिटल माध्यमबाट हुने सेवा र व्यवसाय बढ्ने अनुमान गरिए पनि नेपालमा पूर्वाधार र तयारी पर्याप्त छैन ।

काठमाडौँ — चार वर्षअघि सुरु भएको ग्रिन ग्रोथले काठमाडौं उपत्यकामा अर्गानिक तरकारी र फलफूल अनलाइनमार्फत बिक्री गरिरहेको छ । लकडाउनयता ग्राहक ४० प्रतिशत बढेको सहसंस्थापक सौरभ ढकाल बताउँछन् ।

‘सबै फार्मबाट तरकारी र फलफूल काठमाडौं ल्याउन नसकिएका कारण ग्राहकले कुर्नुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘अर्गानिक मात्रै बिक्री गर्ने भएकाले माग बढेअनुसारको सामान ल्याउन सकिएको छैन, सामान धेरै ल्याउने हो भने ग्राहक अझैं बढ्छन् ।’ लकडाउनका कारण अनलाइनमार्फत सामान किन्ने बानी विस्तारै विकास भए पनि लकडाउनपछि पनि मानिसले यसैलाई निरन्तरता दिन्छन् कि दिन्नन् भने अहिल्यै भन्न नसकिने ढकाल बताउँछन् ।

ग्रिनग्रोथको जस्तै अनलाइनमार्फत कारोबार गर्ने अन्य व्यवसायको आकार पनि लकडाउनमा वृद्धि भएको छ । तर डिजिटल पूर्वाधारको अभाव र प्रयोगकर्ताको विश्वास जित्न सक्ने आधार नभई लकडाउनपछि पनि यिनको अवस्था यस्तै हुन्छ कि हुन्न भन्नेमा शंका छ ।

कोभिड–१९ का कारण महिनौं घरबन्दी भएका संसारभरका मानिस चाहेर वा नचाहेरै पनि डिजिटल प्लेटफर्म प्रयोगका लागि बाध्य छन् । यसैकारण, धेरै अनुमान सार्वजनिक भएका छन् कि कोभिड–१९ पछिको व्यापार, व्यवसाय र सेवा धेरै डिजिटलतिर धकेलिने छन् ।

कोभिड–१९ संक्रमणको डरले मानिस एकअर्कासँगै डराउने अवस्था आएको छ । मानिसहरू भीडमा जान डराउन थालेका छन् । मानिसलाई संक्रमणबाट जोगाउन पनि डिजिटल माध्यमबाट प्रवाह हुने सेवा प्रवद्र्धन हुनेछ भने व्यापार व्यवसाय प्नि डिजिटल प्रविधि अँगाल्न बाध्य हुनेछन् । धेरैको अनुमान यस्तै छ ।

Read More