एनआईसी एशिया बैंकको पिओएस टर्मिनल तथा एटिएमहरूमा मास्टरकार्ड कम्पनीको डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने भएको छ । बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस्तो सुविधा ल्याएको हो ।
यससँगै मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पिओएस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटिएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।







