४ ओटा शहरमा चीनले परीक्षण गर्‍यो डिजिटल मुद्रा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
४ ओटा  शहरमा चीनले परीक्षण गर्‍यो डिजिटल मुद्रा

वैशाख २०, पेचिङ (चीन) । चीनले चार ओटा शहरी केन्द्रमा डिजिटल युआन लञ्च गरेको छ । 

विश्व कोरोना भाइरसको महामारीले थङथिलो भएको बेलामा शन्चन, सुचाउ र छङतु जस्ता मुख्य शहरका साथै सोङ’अनमा समेत केही सेवाका लागि डिजिटल मुद्रा ई–रन्मिन्पी (ई–आरएमबी) प्रयोग शुरु भएको हो । 

सुचाउमा सो मुद्रा यातायातमा सहुलियत दिन प्रयोग गरिनेछ भने सोङ’अनमा भने खाद्य र खुद्रा व्यवसायमा यसको प्रयोग हुनेछ । तत्कालै ई–आरएमबी सार्वजनिक प्रयोगका लागि भने जारी नगरिने चिनियाँ केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी) ले एक विज्ञप्तिमा भनेको छ । 

अहिले प्रचलनमा रहेको डिजिटल मुद्राले मुद्रास्फीति नबढाउने समेत बैंकको भनाइ छ । ई–आरएमबी पीबीओसीले मात्रै जारी गर्नेछ । शुरुमा बैंकले डिजिटल मुद्रा वाणिज्य बैंक र अन्य सचालकहरुलाई मात्रै दिनेछ । 

आम जनताहरुले आफ्नो बैंक खातामा भएको रकमलाई डिजिटलमा बदल्न सक्ने र विद्युतीय वालेटमार्फत निक्षेप गर्न सक्ने बताइएको छ । 

डिजिटल मुद्रा रन्मिन्पीको विद्युतीय स्वरुप हुने र यसको मूल्य पनि अहिले प्रचलनमा रहेको कागजी नोट र सिक्का बराबर हुने पीबीओसीको भनाइ छ । 

Read More