यी हुन् सेयरबजारबाट कमाउने ५ गोल्डेन टिप्स्, थोरै लगानीमै बन्नुस् करोडपति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यी हुन् सेयरबजारबाट कमाउने ५ गोल्डेन टिप्स्, थोरै लगानीमै बन्नुस् करोडपति

काठमाण्डौ। पैसा कमाउने लक्ष्य लिनुभएको छ भने त्यसका लागि ठूलो रकम लगानी गर्न आवश्यक पर्दैन। थोरै लगानीमा पनि मनग्य कमाउन सकिन्छ।

थोरै लगानीमा राम्रो आम्दानी गर्न सक्ने ठाउँ भनेको सेयरबजार नै हो। यसका लागि तपाइँ केही आधारभूत नियमहरुमा भने ध्यान दिन आवश्यक हुन्छ। 

यहाँ हामी यस्तै ५ नियमका बारेमा तपाइँहरुलाई जानकारी दिन गइरहेका छौँ। यी नियम ठूला लगानीकर्ताहरुले सेयरबजारमा अपनाउने गरेका छन्। जो अहिले धनाढ्यको सूचीमा पनि परेका छन्।

सेयरबजारमा राम्रो कमाइ गर्न चाहनुहुन्छ भने यी ५ गोल्डन टिप्स ध्यानमा राख्न आवश्यक छ। कमाइको यी टिप्सले थोरै समयमै तपाइँलाई करोडपति बनाउन सक्छ।

वारेन बफे, राकेश झुनझुनवाला र आरके दमानीजस्ता सेयरबजारका ठूला लगानीकर्ताले यिनै टिप्स अपनाएका छन्। यही फर्मुलाहरुकै कारण यी दिग्गजको सुरुआती लगानी कैयौँ गुणाले बढिरहेको छ। 

राकेश झुनझुनवाला र आरके दमानी भारतका टप धनी लगानीकर्तामध्येका हुन्। वारेन बफे विश्वका धनाढ्यमध्ये एकमा गनिन्छन्।

यस्ता छन् यी धनाढ्यले अंगिकार गरेका ५ गोल्डेन टिप्सहरु –

पहिलो – समयको प्रतीक्षा नगर्नुस् 

वारेन बफेका अनुसार सेयर बजारमा लगानीका लागि हरेक बेला सही समय हुन्छ। त्यसैले सही बेलाको प्रतीक्षा नगर्नुहोस्। यदि कुनै राम्रो कम्पनीको सेयर अनुकूल मूल्यमा छ भने लगानी सुरु गर्नुहोस्। त्यतिबेला सेयर बजारमा गिरावट आएको भए पनि पर्वाह नगर्नुहोस्। आमलगानीकर्ता सही समयको पर्खाइमा लगानी गर्ने सोच बनाउँदैनन्। त्यही समय बित्छ तब बजारको चाल हेरेर उचाइमा पुगेको सेयर बजारमा लगानी गर्छन्, अनि घाटा उठाउँछन्। 

दोस्रो – अरुलाई हेरेर लगानी नगर्नुस् 

यदि तपाइँ यो कारणले सेयर बजारमा लगानी लगाइरहनुभएको छ कि अन्यले यसमा पैसा लगाइरहेका छन् भने तपाइँलाई घाटा हुन सक्छ। सेयरबजामा सफल हुनलाई तपाइँ अरुलाई नपछ्याउनुस् बरु अरुलाई तपाइँलाई पछ्याउन्। वारेन बफे(ट) का अनुसार जब अरु लालचमा आइरहेका छन् भने तपाइँ सतर्क हुनुस्। अनि जब अरु सतर्कता अपनाउने कोसिस गरिरहेका छन् भने तपाइँ कमाउनेबारेमा सोच्नुस्। 

तेस्रो – मूल्य होइन भ्याल्यू हेर्नुस्

कहिल्यै पनि सेयरमा पैसा लगानी गर्दा पहिलो यो नहेर्नुस् कि यसको मूल्य धेरै छ र त राम्रो आम्दानी हुन्छ। कतिपय अवस्थामा ५० बाट १०० रुपैयाँ बीचको मूल्य भएको सेयर नै पछि मूल्यवान बन्न सक्छ। यदि त्यो कम्पनीको प्रदर्शन राम्रो रह्यो भने। सेयरबजारका ठूला लगानीकर्ता राकेश झुनझुनवालाका अनुसार कुनै पनि सेयरमा लगानी गर्नुअघि त्यो कम्पनीको प्रदर्शन हेर्न आवश्यक छ।  कम्पनीको प्रदर्शन राम्रो छ भने बजारमा उतारचढाव आउँदा पनि समस्या हुँदैन।

चौथो – लाभांश दिने कम्पनीमा भरोसा गर्नुस्

विज्ञका अनुसार सेयर बजारमा लगानी गर्नुअघि कुन कम्पनीले नियमित लाभांश दिइरहेको छ बुझ्न आवश्यक छ। यदि कुनै कम्पनीले नियमित रुपमा लाभांश दिइरहेको छ भने यसको मतलब यो हो कि त्यो कम्पनीसँग क्यासको कुनै कमी छैन। क्यास सरप्लस भएको कम्पनीको प्रदर्शन पनि राम्रो हुन्छ। यस्तोमा यी कम्पनीको सेयरबाट तपाइँले आफ्नो लगानी तीव्रगतिमा बढाउन सक्ने सम्भावना बढी हुन्छ।


पाँचौँ – कम कर्जा भएको कम्पनी रोज्नुस्

सेयरमा लगानी गर्नुअघि तपाइँले कुनै पनि कम्पनीको कर्जा कति छ भने बुझ्न आवश्यक हुन्छ। किनकि कम कर्जा भएको कम्पनीको क्यासलाई लिएर दबाब हुँदैन। यस्तो यी कम्पनीमा तपाइँ गरेको लगानी डुब्ने सम्भावना ज्यादै न्यून हुन्छ। 

Read More
  • MBL - below news