काठमाडौं । कोभिड–१९ का कारण विश्व नै बन्दाबन्दी भएको यो बेलामा दैनिक व्यवहार सञ्चालन गर्न कठिन भइरहेको छ । अझ नेपालमा प्रर्याप्त प्रविधिको विकास नभइसकेको हुनाले दैनिक जीवनका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न, फोनको बिल, विजुलीको बिललगाएतमा भुक्तानी गर्न कठिन भइरहेको बेलामा प्रभु पेले सामान्य फोनबाट समेत यी सेवा सञ्चालन गर्न सुविधा ल्याएको छ ।
करिब ३३ प्रतिशत मानिसमा अझै पनि सामान्य भन्दा सामान्य फोन बोक्ने जनसंख्या रहेकाले भुक्तानीका प्रणाली सबै जनतासम्म पुर्याउन सम्भव नदिएकाले प्रभु पेले सबै जनतामा डिजिटल भुक्तानी प्रणाली पुर्याउन नयाँ प्रविधि प्रयोग गरेको ‘प्रभु पे’का प्रमुख कार्यकारी अधिकृत (सीइओ) खुसल रेग्मीले बताए ।
आर्थिकन्युुजसँगको कुराकानीमा उनले भने, नेपालमा डिजिटल प्रविधिमा निजी क्षेत्रका कम्पनीहरूले काम गर्न थालेको जम्मा २ वर्ष भएको छ । प्रविधि विकासका लागि पूर्वाधार चाहिन्छ । हामी कहाँ भर्खरै पूर्वाधार बन्दै छ । प्रभु पे बजारमा आएको एक वर्षमात्रै भएको छ । यसमा हामीले अन्य डिजिटल प्रविधि सञ्चालकहरूले भन्दा कसरी फरक सेवा दिन सकिन्छ भनेर सोच्दै छौं ।’





