काठमाण्डौ। फेसबुुक र माइक्रोसफ्टको आम्दानी अपेक्षा गरिएको भन्दा धेरै देखिएपछि बुुधबार प्रमुुख अमेरिकी स्टक इन्डेक्ससँग जोडिएको फ्युुचर कन्ट्रयाक्टसमा बढोत्तरी आएको छ।
सुुरुवातमा ३५ अंक आर्जन गरेको डो जोन्स इन्डस्ट्रियल एभरेज फुयुुचर्स ३ अंकले बढेको छ। एस एन्ड पी ५०० र नास्डक १०० फ्युुचर्समा पनि क्रमशः ०.४ प्रतिशत र १.२ प्रतिशतको बढोत्तरी आएको छ।
विश्वभर फैलिएको कोरोनाभाइरसको प्रभावका बाबजुुत पनि बुुधबार साँझ आम्दानी प्रतिवेदन सार्वजनिक गरेको केही घन्टामै दुुवै फेसबुुक र माइक्रोसफट्को सेयरमूल्य उकालो लागेका थिए। फेसबुुकको मूल्यमा रात्रिसत्रमा १० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ।
मार्र्च महिनाको प्रारम्भतिर फेसबुुकको विज्ञापन आम्दानीमा कमी आएको थियो तर अप्रिल महिनाको पहिलो तीन सातासम्म बिक्रीमा स्थिरता देखिएको थियो। फेसबुकको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी १.७१ अमेरीकी डलर रहेको छ भने कुुल आम्दानी १७.७४ बिलियन डलर रहेको छ।





