डिजिटल प्रणालीः कारोबार संख्या घट्दै, भुक्तानी बढ्दै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल प्रणालीः कारोबार संख्या घट्दै, भुक्तानी बढ्दै

काठमाडौं । लकडाउनको बेला नेपाल राष्ट्र बैंकले प्रोत्साहन गरेजस्तै डिजिटल कारोबार बढ्दै गएको छ । आर्थिक गतिविधिलाई डिजिटाइज गर्न राष्ट्र बैंकले केहि वर्षअघिदेखि नै कार्यक्रम अघि सारेका थियो । अहिले डिजिटल  युजर निक्कै बढेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘लकडाउनको बेलामा यसको प्रयोग अझ बढी भएको पाइएको छ,’ उनले भने ‘हामी कहाँ प्रर्याप्त नयाँ प्रविधि विस्तारित नभए पनि अहिले भएको प्रयोगलाई राम्रो मान्नु पर्छ ।’ यस अर्थमा हामीले यो प्रविधिका निकै फड्को मारेका छौं । डिजिटल भुक्तानी उपकरण सञ्चालनका लागि अझै धेरै पूर्वाधारहरू तयार पार्न बाँकी नै छ ।’

लकडाउनको बेलामा अन्य क्षेत्रका कारोबारभन्दा ग्रोसरीमा डिजिटल कारोबार बढेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । ‘लकडाउनका कारण पहिले एक साताका लागि खाद्यान्न किन्ने ग्राहकले महिना डेढ महिनालाई पुग्ने खाद्यान्नमा एक्कै पटक खरिद गर्न थालेको पाइएको छ ।’

Read More