मनोज ज्ञवालीले छाडे ज्योति बिकास बैंक, आफ्नो कार्यकालको यसरी गरे मूल्यांकन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मनोज ज्ञवालीले छाडे ज्योति बिकास बैंक, आफ्नो कार्यकालको यसरी गरे मूल्यांकन

ज्योति बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो कार्यकाल आज बैशाख 15, 2077 सम्म रह्यो। दुई बर्ष कार्यकाल पुरा हुनुसँग बैंकबाट बिदा हुने समाचारहरु प्रकाशित भए पछि बैंकका साथीहरु तथा मेरा शुभचिन्तक हरुको अनगिन्ती फोनहरु आएर एकछिन पनी काम गर्न नपाएको अबस्था सिर्जना भइ मैले फोन नै अफ गरेको थिए। बिभिन्न संचारका माध्यामबाट समेत उत्तीकै उत्तीकै शुभेच्छा प्राप्त गरेको छु। यति धेरै माया र सदासयताको लागी सबै प्रति आभार ब्यक्त गर्न चाहन्छु।
म 2073 असारमा ज्योति बिकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकसंग जोडिदै गर्दा बैकको 24 वटा शाखा, रु.98 करोड पुजी, रु.7.5 अरब निक्षेप र रु. 6 अरब कर्जा थियो भने हामी 200 हाराहारी कर्मचारी थियौ। हाल बैंकको 105 वटा शाखा, रु.350 करोड पुंजी रु.34 अरब निक्षेप र रु. 29 अरब कर्जा छ भने 800 भन्दा बढि कर्मचारी साथीहरु बैंकमा हुनुहुन्छ। त्यती बेला रु.15 करोड रहेको मुनाफा गत बर्ष नै रु.53 करोड भन्दा माथी रह्यो र बैंकले अहिले सम्मकै सबैभन्दा बढि लाभांस (12.75%) बितरण गर्न सफल रह्यो।

Read More