विद्युतीय कारोबारमा असार मसान्तसम्म कुनै शूल्क नलाग्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विद्युतीय कारोबारमा असार मसान्तसम्म कुनै शूल्क नलाग्ने

काठमाडौं । आगामी असार मसान्तसम्म विद्युतीय भुक्तानीमा कुनै शूल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको ६५ औंं वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले जारी गरेको वक्तव्यमा विद्युतीय भुक्तानलाई थप प्रभावकारी बनाउने उल्लेख छ । 

प्रतिकूल परिस्थितिमा बढी भन्दा बढी सेवाग्राहीले विद्युतीय माध्यमबाट बैंकिङ सेवा प्राप्त गर्न सकू भन्ने उद्देश्यले विद्युतीय भुक्तानीलाई थप प्रभावकारी बनाइएको गभर्नर अधिकारीले बताएका छन् । 

कोरोना भाइरसको महामारीका कारण राष्ट्र बैंकले यस पटक कुनै पनि किसिमको औपचारिक समारोह आयोजना नगरेको भए पनि गभर्नर अधिकारीले वक्तव्य मार्फत नै विगत एक वर्षमा भए गरेका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेका हुन् ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकर्त कार्यविधि २०७५ मा भएको संसोधित व्यवस्था अनुसार राष्ट्र बैंकले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परीषद्‌बाट मान्यताप्रापत संस्थाबाट संस्थाबाट लिइने तालिमका लागि दुई लाख रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरेको छ । 

१६ संस्थालाई भुक्तानी सेवाप्रदायकको अनुमति

...

Read More