ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुरु, अब बैंक धाइरहनु नपर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुरु, अब बैंक धाइरहनु नपर्ने

काठमाडौं– आफ्ना व्यवसायीक ग्राहकहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ ।

ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई२नबिल मार्फत हाम्रा ग्राहकवर्गलेनबिल बैंकमा खाता भएका ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन् । साथै ग्राहकहरुले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन् ।

ई@नबिलका सन्दर्भमा नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाह, भन्छन् ,“ई@नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो । यस प्रणाली मार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन।”

Read More