मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् ।
मेगा बैंकसँग भएको सम्झौताअनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामग्रीहरु घरमै उपलब्ध गराउने भएको बैंकले जनाएको छ । फुडमाण्डुको अनलाइन सेवाबाट सामान अर्डर गरी बिना झण्झट घरमै प्राप्त गर्न सकिनेछ । मेगा बैंकका ग्राहकहरुले मेगा स्मार्ट क्यूआर कोडबाट रकम भुक्तानी गरी १० प्रतिशतसम्म छुट पाउने सहमति भएको बताइएको छ ।
देशव्यापी लकडाउनको विषम परिस्थितिलाई ध्यानमा राख्दै यसअघि मेगा बैंकले दैनिक उपभोग्य सामानका लागि किराना डटकम र औषधिका लागि केन फार्मेसीसँग सम्झौता गरिसकेको जनाएको छ । विभिन्न सेवा प्रदायकहरुसँग सम्झौता गरी लकडाउनमा पनि आफ्ना ग्राहकहरुलाई






