'डिजिटल बैंकिङका लागि कोशेढुंगा हुनसक्छ लकडाउन'


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'डिजिटल बैंकिङका लागि कोशेढुंगा हुनसक्छ लकडाउन'

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोरोनाका कारण भएको लकडाउनले समग्र बैंकिङ प्रणालीमै परिवर्तन ल्याउनसक्ने बताएका छन्।

लकडाउनका कारण बैंकिङ सेवाको प्रणाली परिवर्तन भएर नेपालको समग्र वित्तीय प्रणाली आधुनिक हुने उनको प्रक्षेपन छ।

लामो समयदेखि डिजिटल बैंकिङमा लगानी गर्दै आएको भएपनि ग्राहक अभ्यस्त नहुँदा उत्साही नभएका नेपाली बैंकलाई केही राहत मिल्ने उनको भनाइ छ।

'हामीले पहिलेदेखि लगानी गरेपनि नचलेपछि केन्याको एमपैसाको मोडल अध्ययन गरेका थियौ। त्यहाँ असुरक्षाका कारण एम पैसा चलेको पायौं। हामीले १० वर्षदेखि सेवा ल्याउँदा पनि ग्राहकमा चासो पाइएको थिएन तर अहिले कोरोनाले डिजिटल बैंकिङ प्रोत्साहन गरेको छ। केन्यामा असुरक्षाले चलेको थियो भने नेपालमा कोरोनाले चल्ने देखिएको छ' शाहले भने।

Read More