वैशाख १२, काठमाडौं । विश्वमै ख्यातिप्राप्त मुडिजको स्ट्याण्डर्ड बमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेडलाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ ।
बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले शुक्रवार जारी गरेको विज्ञप्तिमा यस स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने र कर्जा जोखिम न्यून रहेको भन्ने आधार प्रमाणित हुने हुँदा बैंकप्रतिको विश्वसनियता बढ्नुका साथै बैंकको व्यवसाय वृद्घि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिने उल्लेख छ ।
बैंकद्वारा वित्तीय दबाबलाई व्यववस्थापन गर्न कर्जा जोखिम, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता, बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वको विश्लेषण, बजार हिस्सा, ब्राण्ड तथा इमेज, स्वस्थ मुनाफाको आधार, नीतिगत तथा कानूनी प्रभावको मूल्यांकन, पूँजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग पुग्ने उल्लेख छ ।




