सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृया अघि बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृया अघि बढ्यो

सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशनको प्रकृया अघि बढाएको छ। कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात तीस करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको हो।

 

कम्पनी निष्काशनले गर्न लागेको उक्त आईपीओलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी वीवी प्लस' रेटिङ्ग प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ।

कम्पनीले यस अघि नै आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरेपछि चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार एक अर्ब रुपैयाँ पुग्नेछ।

Read More
  • MBL - below news