कार्यकाल २ बर्ष बाँकी छँदै ज्ञवालीले ज्योति विकास बैंक छाडे, 'लकडाउनपछि नयाँ गन्तब्य'


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कार्यकाल २ बर्ष बाँकी छँदै ज्ञवालीले ज्योति विकास बैंक छाडे, 'लकडाउनपछि नयाँ गन्तब्य'

मनोज ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट बाहिरिएका छन्। दुई बर्ष अगाडी चार बर्षका लागि सीईओमा नियुक्त भएका ज्ञवालीले दुई बर्ष बाँकी छँदै बैंक छाडेका हुन्। 

चार बर्ष कार्यकाल भएपनि दुई बर्षमा पुनरावलोकन गर्ने बैंक सञ्चालक समिति र आफूबीच भएको सहमतिअनुसार नै बैंक छाडेको ज्ञवालीले बिजपाटीलाई बताए। बैशाख १५ गतेबाट ज्ञवालीले बिदा लिनेछन्। 

तत्कालिन सीईओ कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएर उनि बाहिरीएपछि डेपुटी सीईओ रहेका ज्ञवालीलाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको थियो। ज्ञवाली ग्लोबल आइएमई बैंक छाडेर डेपुटी सीईओको रुपमा ज्योति विकास बैंकमा पुगेका थिए। 

बैंकिङ क्षेत्रमा १७ बर्षको अनुभव रहेका ज्ञवालीसँग नेपाल राष्ट्र बैंकमा समेत ५ बर्ष काम गरेको अनुभव छ। चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवाली राष्ट्र बैंकको  कोष ब्यवस्थापनमा काम गरेका थिए। त्यसपछि उनि ग्लोबल आइएमई बैंकमा आबद्ध भएका थिए। उनले त्यहाँ करिब ८ बर्ष काम गरेका थिए। ज्ञवालीसँग इन्भेष्टमेन्ट बैंकिङ कम्पनी, जलविद्युत विकास कम्पनीमा समेत काम गरेको अनुभव छ।

ज्ञवालीको अबको बाटो 

ज्योति विकास बैंक छाडेपनि तत्काल के गर्ने भन्ने कुनै निर्णय नलिएको ज्ञवालीले बताए। लकडाउन पछिको अवस्थालाई विश्लेषण गरेर त्यहीअनुसार के गर्ने भन्ने निर्णय लिने उनले बताए। बैंकिङ बाहेकका काममा समेत जोडिन सक्ने सम्भावना रहेको उनले बताए। 

Read More