कोभिड–१९ बाट जोगिन बन्दै छन् यस्ता एप्स


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोभिड–१९ बाट जोगिन बन्दै छन् यस्ता एप्स

अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिममा छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का पछिल्लो समय चीन, दक्षिण कोरिया, जर्मनी आदि देशमा तुलनात्मक रूपमा कोरोनाका बिरामी र यसबाट मृत्यु हुनेको संख्या केही कम हुँदै गएको छ । ती देशले कस्तो प्रविधि प्रयोग गरिरहेका छन् र भविष्यमा युरोपियन युनियन (इयू)ले कस्तो खालको प्रविधि ल्याउँदै छ ।

- कोरोनाबाट बच्न प्रायः देशले बनाएका एपले रोगका लक्षण र मानिसले हिँडडुल गरिएका स्थानको रेकर्ड राख्ने र क्वारेन्टाइनभन्दा बाहिर निक्लिएको खण्डमा अलार्म बजाउने गर्छ ।  

चीनको एप अलिपे हेल्थ कोडले ट्राफिकलाइट सिस्टममा काम गर्छ । जसमा ट्राफिकलाइटजस्तै रातो, पहेँलो र हरियो गरी तीनवटा रङ प्रयोग गरिएको छ । जसको एपमा हरियो चिह्न हुन्छ । उसले मात्र सार्वजनिक स्थलमा हिँडडुल गर्न पाउँछ । जसमा एप प्रयोग कर्ताको नाम, तापक्रम, तत्काल घुमेको वा गएको स्थान तथा नागरिकता नम्बर माग्ने गरिएको छ । त्यसका आधारमा कलर कोड बनाएर प्रयोगकर्ताको सबै जानकारी एपमा देखाउँछ । साथै, चीनमा त्यस्तो मेसिनको प्रयोग गरिएको छ, जसबाट मानिसले माक्स लगाएको छ छैन थाहा हुन्छ । विशेष स्थानमा रहेका मेसिन र एप कलरका आधारमा स्वचालित ढोका खोल्ने गर्छ । 

कोरोनाबाट बच्न केही देशले बनाएका एप्सले रोगका लक्षण र मानिसले हिँडडुल गरिएका स्थानको रेकर्ड राख्ने र क्वारेन्टाइनभन्दा बाहिर निक्लिएको खण्डमा अलार्म बजाउने गर्छन् ।

- दक्षिण कोरिया र सिंगापुरमा जिपिएस र क्रेडिट कार्डको डाटाका आधारमा स्वास्थ्य अधिकारीहरूले संक्रमित व्यक्तिहरू जाने गरेका विद्यालय, रेस्टुरेन्ट, जिम र चर्च पत्ता लगाएर अन्य थप सुरक्षाका कदम अघि सार्ने गरेका छन् । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयले बनाएको एप सेल्फ–क्वारेन्टाइन सेफ्टी प्रोटेक्सनले मानिसहरूको अहिलेको स्वास्थ्य अवस्था थाहा पाउँछ । क्वारेन्टाइनमा बस्नुपर्ने कुनै व्यक्ति त्यहाँबाट बाहिर निस्किएमा जिपिएसबाट त्यसको जानकारी लिइन्छ । त्यसपछि सो व्यक्तिसँगै चेतावनी दिनुका साथै सुरक्षा निकायलाई समेत तैनाथ गर्ने गर्छ । यदि कोरोनासँग सम्बन्धित कुनै नयाँ समाचार वा प्रविधि आएमा एपले जानकारीसमेत दिने गर्छ । सबै व्यक्तिमा एप प्रयोग नभएकाले टेलिफोनमार्फत पनि मानिसहरूले जानकारी लिने गरेका छन् ।  

Read More